विश्वकप २०२६: कडा टचलाइन फिक्चर्स, उत्कृष्ट प्रशिक्षकहरू हुँदै छन् आमने–सामने
सारांश
- सन् २०२६ को विश्वकप उत्तर अमेरिकी मैदानमा आयोजना हुनेछ, जहाँ १९ जुलाईमा न्यु जर्सीमा फाइनल खेल हुनेछ ।
- यस विश्वकपमा क्लब फुटबलका सफल प्रशिक्षक, पूर्व प्रिमियर लिग प्रशिक्षक र दिग्गज खेलाडीहरूले प्रशिक्षण गर्नेछन् ।
- विश्वकप विजेता प्रशिक्षक दिदिए देसाँ र फाबियो कानाभारो जस्ता खेलाडीहरूले पनि यस प्रतियोगितामा प्रशिक्षकको भूमिका निर्वाह गर्नेछन् ।
सन् २०२६ को विश्वकप लगभग सुरु हुनै लागेको छ । अब चाँडै नै कुराकानी तथा अड्कलबाजीको समय समाप्त हुँदैछ, टोलीहरूले उत्तर अमेरिकी मैदानमा सिधै आफ्नो प्रदर्शनमार्फत योग्यता प्रमाणित गर्नुपर्नेछ । संयुक्त राज्य अमेरिका, मेक्सिको वा क्यानडामध्ये जुनसुकैको रुट किन नहोस्, सबै बाटोहरू जुलाई १९ मा न्यु जर्सीतर्फ नै सोझिनेछन्, जहाँ विश्व फुटबलको सबैभन्दा ठुलो खेल ‘विश्वकप फाइनल’ आयोजित हुनेछ ।
र, उत्तर अमेरिकी मैदानमा सुपरस्टार खेलाडीहरूको कुनै कमी नहुनेमा हामी विश्वस्त छौँ । रमाइलो पक्ष यस विश्वकपमा टचलाइनमा समेत हामी उत्तिकै चिरपरिचित प्रशिक्षकहरू आमने–सामने भएको देख्न पाउनेछौँ ।
क्लब फुटबलको उच्च तहबाट अन्तर्राष्ट्रिय फुटबलमा प्रवेश गरेका प्रतिष्ठित प्रशिक्षकहरू, पूर्व प्रिमियर लिग प्रशिक्षकहरूको ठुलो समूह, र अहिले प्रशिक्षकका रूपमा आफ्नो क्षमता देखाइरहेका विगतका दिग्गज खेलाडीहरू तीनै पृष्ठभूमिका ‘ट्याक्टिसियन’को मूल गन्तव्य त्यही जुलाई १९को न्यु जर्सी नै हुनेछ ।
जे होस् हेभिवेट प्रशिक्षकको उपस्थितिले यो विश्वकप इतिहासकै सफल, मेडल होल्डर र सम्भवतः सबैभन्दा उत्कृष्ट प्रशिक्षकहरूको जमघट भएको दाबी भने गर्न सकिन्छ ।
तर ती कुन–कुन नाम हुन् जसलाई तपाईँले उनीहरूको क्लब करियर वा अघिल्ला प्रतियोगिताहरूबाट चिन्नुहुन्छ ? यहाँ विश्वकपका ती प्रशिक्षकहरूको परिचय प्रस्तुत गरिएको छ जसको बारेमा थाहा पाउनु निक्कै नै रमाइलो हुनेछ ।
उच्चस्तरीय प्रशिक्षकहरू

विश्वकपतर्फ लागिरहेका प्रशिक्षकहरूमध्ये चार जना पछिल्लो दशकमा युरोपेली क्लब फुटबलका सबैभन्दा सफल र धेरै माग भएका प्रशिक्षक मानिन्छन् ।
कार्लो एसिलेट्टी,
कार्लो एसिलेट्टी, जसले रियल म्याड्रिड, एसी मिलान, पेरिस सेन्ट–जर्मेन र चेल्सीको प्रशिक्षण सम्हालेका थिए, उनले पाँच पटक च्याम्पियन्स लिग जितेका छन् । साथै उनले इटाली, इङ्ग्ल्यान्ड, फ्रान्स, स्पेन र जर्मनी गरी पाँच फरक देशमा लिग उपाधि पनि जितेका छन् । अहिले उनलाई ब्राजिलको २४ वर्ष लामो विश्व उपाधि प्रतिक्षा समाप्त गर्ने जिम्मेवारी दिइएको छ ।
ब्राजिलको राष्ट्रिय टोली ‘सेलेसाओ’ को इतिहासमा पहिलो विदेशी प्रशिक्षक बनेका एसिलेट्टीको पहिलो वर्ष सधैँ सहज भने रहेन, तर सही समयमा टोलीले आफ्नो लय समात्न थालेको संकेत भने देखिएको छ ।
अर्का च्याम्पियन्स लिग विजेता थोमस टुचेललाई पनि विदेशी प्रशिक्षकका रूपमा एक प्रमुख दाबेदार टोलीको जिम्मेवारी दिइएको छ । जर्मन प्रशिक्षक टुचेल इङ्ग्ल्यान्डको ६० वर्ष लामो विश्वकप उपाधि खडेरी अन्त्य गर्न प्रयासरत छन् । उनको नेतृत्वमा ‘थ्री लायन्स’ ले छनोट चरणका सबै आठ खेल गोल नखाई जितेको थियो । यद्यपि मैत्रीपूर्ण खेलका केही नतिजाले भने चिन्ता उत्पन्न गरेको छ । तर, चेल्सी, पिएसजी, बायर्न म्युनिख र बोरुसिया डर्टमुन्डमा कप प्रतियोगिताहरूमा प्राप्त सफलताले उनीमाथि ठुलो अपेक्षा राखिएको छ ।
एसिलेट्टी र टुचेलजस्तै स्टाम्फोर्ड ब्रिज र पार्क दे प्रिन्सेजजस्ता दबाबयुक्त क्लबहरू सम्हालिसकेका माउरिसियो पोचेट्टिनोले सम्भवतः सबैभन्दा कठिन चुनौती स्वीकार गरेका छन् । त्यो हो, अमेरिकी फुटबल इतिहासकै सबैभन्दा महत्वपूर्ण महिनाको पूर्वसन्ध्यामा संयुक्त राज्य अमेरिकालाई अवसरको भरपुर सदुपयोग गराउने । अस्थिर प्रदर्शन, प्रमुख खेलाडीहरूको अनुपस्थिति र आफ्नो भविष्यबारे निरन्तर उठ्ने प्रश्नहरूसँग जुध्दै आएका पोचेट्टिनोले सह–आयोजक राष्ट्रका लागि यो प्रतियोगिता सफल बनाउन सक्ने क्षमता राख्छन् ।
त्यसैगरि, यो समूहलाई पूर्णता दिने व्यक्ति हुन् जुलियन नागेल्सम्यान । उनी मात्र यस्ता प्रशिक्षक हुन् जसले यस विश्वकपअघि नै अन्तर्राष्ट्रिय प्रतियोगितामा आफ्नो टोलीको नेतृत्व गरिसकेका छन् । अझ रोचक कुरा, उनी अझै तीसको दशकमा छन् र यति कम उमेरमै अन्तर्राष्ट्रिय फुटबलमा प्रवेश गरिसकेका छन् । पूर्व बायर्न प्रशिक्षक नागेल्सम्यानको नेतृत्वमा जर्मनीले केही प्रभावशाली नतिजा निकालेको छ । उनीहरू सन् २०२४ को युरोपियन च्याम्पियनसिपमा पुगेको क्वार्टरफाइनलभन्दा अगाडि जाने लक्ष्यमा छन् ।
अन्तर्राष्ट्रिय विजेताहरू

माथिका प्रशिक्षकहरूले क्लब फुटबलमा प्रशस्त उपाधि जिते पनि अन्तर्राष्ट्रिय स्तरको प्रमुख ट्रफी जित्न अझै बाँकी छ । तर यस प्रतियोगितामा केही यस्ता प्रशिक्षक पनि छन् जसलाई ठुला अन्तर्राष्ट्रिय प्रतियोगिता कसरी जित्ने भन्ने राम्रोसँग थाहा छ ।
दिदिए देसाँले यस विश्वकपपछि फ्रान्सको प्रशिक्षणबाट बिदा लिनेछन् । उनले फ्रान्सलाई सन् २०१८ मा विश्वकप जिताए र २०२२ मा फाइनलसम्म पुर्याए, जहाँ टोली अर्जेन्टिनासँग पराजित भएको थियो । १४ वर्षदेखि फ्रान्सको नेतृत्व गरिरहेका देसाँले तीनवटा प्रमुख प्रतियोगिताको फाइनल खेलेका छन्, र धेरैले उनलाई फेरि त्यो उपलब्धि दोहोर्याउन सक्ने व्यक्तिका रूपमा हेर्छन् ।
देसाँपछि विश्वकप जित्ने प्रशिक्षकका रूपमा चिनिएका लियोनेल स्कालोनी अझै अर्जेन्टिनाको जिम्मेवारीमा छन् । कतारमा भएको ऐतिहासिक सफलतापछि उनले पद छोड्ने संकेत धेरै पटक दिएका थिए । स्कालोनीले अर्जेन्टिनालाई दुई पटक कोपा अमेरिका पनि जिताएका छन् र सम्भवतः लियोनेल मेस्सीको अन्तिम अन्तर्राष्ट्रिय प्रतियोगितामा उनको प्रशिक्षक बन्ने सौभाग्य पाएका छन् ।
पूर्व म्यानचेस्टर युनाइटेड प्रशिक्षक राल्फ राङ्निकले आफ्नो प्रसिद्ध ‘गेगेनप्रेसिङ’ शैली अस्ट्रियाली राष्ट्रिय टोलीमा लागू गरेका छन् । पूर्व वेस्ट ब्रोम प्रशिक्षक स्टिभ क्लार्क स्कटल्यान्डको नेतृत्व गर्दै छन् । स्कटल्यान्ड पहिलो पटक विश्वकपको नकआउट चरणमा पुग्ने लक्ष्यमा छ ।
सन् २०२६ मा सहभागी टोलीहरूमध्ये विश्वकप जितेका प्रशिक्षक केवल देसाँ र स्कालोनी मात्र हुन् । तर महादेशीय प्रतियोगितामा सफलता चाखेका अन्य प्रशिक्षकहरू पनि छन् ।
उदाहरणका लागि, लुइस दे ला फुएन्तेले स्पेनका उमेर समूह टोलीहरू हुँदै यात्रा गर्दै अन्ततः वरिष्ठ टोलीलाई सन् २०२४ को युरोपियन च्याम्पियनसिप जिताएका थिए, जहाँ उनले फाइनलमा इङ्ग्ल्यान्डलाई हराएका थिए ।
इमेर्स फाएको कथा अझ रोचक छ । आइभरी कोस्टले सन् २०२३ अफ्रिका कप अफ नेसन्स सुरु गर्दा उनी सहायक प्रशिक्षक थिए । तर प्रतियोगिताकै बीचमा जाँ–लुई गासेले पद छोडेपछि फाएले जिम्मेवारी सम्हाले र टोलीलाई उपाधिसम्म पुर्याए, जहाँ फाइनलमा उनले नाइजेरियालाई हराएका थिए ।
सेनेगलका प्रशिक्षक पापे थियाउलाई पनि कतिपयले अफ्रिका कप विजेता मान्छन् । जनवरीमा सेनेगलले उपाधि जितेको भनिए पनि मैदान छाडेर विरोध जनाउने उनको निर्णयपछि अफ्रिकी फुटबल महासंघले मोरक्कोलाई विजेता घोषणा गरेको थियो । तर अझै पनि विजेताको पदक भने थियाउसँगै छ ।
पूर्व प्रिमियर लिग प्रशिक्षकहरू (पहिलो भाग)

एन्सेलेट्टी, टुचेल र पोचेट्टिनोबाहेक अन्य धेरै पूर्व प्रिमियर लिग प्रशिक्षकहरू पनि विश्वकपमा छन् । पूर्व लिड्स युनाइटेड प्रशिक्षक मार्सेलो बिएल्साले उरुग्वेको नेतृत्व गर्दै छन् । उनको साढे तीन वर्षको कार्यकालले यर्कशायरका समर्थकहरूमा गहिरो प्रभाव पारेको थियो, र यदि उरुग्वेले राम्रो प्रदर्शन गर्यो भने उनी त्यहाँ पनि नायक बन्न सक्छन् ।
त्यस्तै जेसी मार्स पनि लिड्ससँग सम्बन्धित नाम हुन् । उनी सह–आयोजक क्यानडाको नेतृत्व गर्दै छन् । पोचेट्टिनो नियुक्त हुनुअघि आफू अमेरिकाको प्रशिक्षक बन्ने प्रमुख दाबेदार रहेको विश्वास गरेका मार्स अहिले आलोचकहरूलाई जवाफ दिन आतुर छन् ।
रोनाल्ड कोम्यान नेदरल्यान्ड्सको प्रशिक्षकका रूपमा विश्वकपमा सहभागी हुँदै छन् । उनले यसअघि साउथह्याम्पटन र एभर्टनको प्रशिक्षण सम्हालेका थिए । उनको पछिल्लो क्लब जिम्मेवारी भने बार्सिलोनामा थियो ।
रोबर्टो मार्टिनेज, जसले एभर्टन र विगन एथलेटिक दुवैको प्रशिक्षण गरेका थिए, अहिले पोर्चुगलको नेतृत्व गर्दै छन् । उनले २०१६ देखि २०२२ सम्म बेल्जियमको ‘सुनौलो पुस्ता’ भनिएकाको नेतृत्व गरे पनि उपाधि दिलाउन सकेनन् । अहिले उनको जिम्मेवारी क्रिस्टियानो रोनाल्डोलाई करियरभरि हात नपरेको विश्वकप उपाधि दिलाउने नै हो ।
पूर्व प्रिमियर लिग प्रशिक्षकहरू (दोस्रो भाग)

पूर्व वुल्भ्स र वेस्ट ह्याम प्रशिक्षक जुलेन लोपेटेगी अन्ततः विश्वकपमा प्रशिक्षण गर्ने अवसर पाउँदै छन् । सन् २०१८ मा रियल म्याड्रिडसँग वार्ता गरेको कारण स्पेनले प्रतियोगिता सुरु हुनुअघि नै उनलाई बर्खास्त गरेको थियो । अहिले उनी कतारको प्रशिक्षक छन् ।
पूर्व म्यानचेस्टर युनाइटेड प्रशिक्षक राल्फ राङ्निकले आफ्नो प्रसिद्ध ‘गेगेनप्रेसिङ’ शैली अस्ट्रियाली राष्ट्रिय टोलीमा लागू गरेका छन् । पूर्व वेस्ट ब्रोम प्रशिक्षक स्टिभ क्लार्क स्कटल्यान्डको नेतृत्व गर्दै छन् । स्कटल्यान्ड पहिलो पटक विश्वकपको नकआउट चरणमा पुग्ने लक्ष्यमा छ ।
प्रतियोगितामा सहभागी दुई अङ्ग्रेज प्रशिक्षकमध्ये एक हुन् ग्राहम पोटर । चेल्सी र वेस्ट ह्याममा असफल कार्यकालपछि उनले स्विडेनलाई युरोपेली प्लेअफ पार गराएका छन् । ओस्टरसुन्ड्सबाट स्क्यान्डिनेभियामा आफ्नो प्रतिष्ठा बनाएका पोटर अहिले अलेक्जान्डर इसाक र भिक्टर ग्योकेरेसजस्ता खेलाडीहरूबाट उत्कृष्ट प्रदर्शन निकाल्ने प्रयासमा छन् ।
तर अनुभवका हिसाबले डिक एड्भोकाटभन्दा अगाडि कोही छैन । ७८ वर्षका उनी विश्वकप इतिहासकै सबैभन्दा वृद्ध प्रशिक्षकमध्ये एक बन्नेछन् । सुन्डरल्यान्ड, रेन्जर्स, पिएसभी र फेनरबाचेका पूर्व प्रशिक्षक एड्भोकाट तेस्रो विश्वकपमा सहभागी हुँदैछन्, जुन उनको पहिलो विश्वकप सहभागिताभन्दा ३२ वर्षपछि हुनेछ । उनले कुरासाओलाई पहिलो पटक विश्वकपमा पुर्याएर चमत्कारजस्तै उपलब्धि हासिल गरेका थिए ।
त्यस सफलतापछि बिरामी छोरीसँग समय बिताउन उनले पद छोडेका थिए, तर केही सातामै फेरि फर्किएर टोलीको नेतृत्व सम्हाले ।
नर्वेका स्टाले सोलबाकेन, पानामाका थोमस क्रिस्टियान्सेन र ट्युनिसियाका साब्री लामुचीसँग पनि इङ्ग्लिस च्याम्पियनसिपको अनुभव छ । सोलबाकेनले वुल्भ्स, क्रिस्टियान्सेनले लिड्स, र लामुचीले नटिङ्घम फरेस्ट तथा कार्डिफ सिटीको प्रशिक्षण गरेका थिए ।
प्रतियोगिताका परिचित अनुहारहरू

केही प्रशिक्षकहरू यस्ता हुन्छन् जसको नाम नै अन्तर्राष्ट्रिय प्रतियोगितासँग जोडिन पुग्छ । त्यसमध्ये एक हुन् ज्लाट्को डालिच । उनले क्रोएसियालाई तेस्रो पटक विश्वकपमा नेतृत्व गर्दै छन् । अघिल्ला दुवै विश्वकपमा उनले टोलीलाई सेमिफाइनलसम्म पुर्याएका थिए, र सन् २०१८ मा उपविजेता पनि बनाएका थिए ।
जाभी अगिरे पनि मेक्सिकोसँग तेस्रो पटक विश्वकपमा छन् । उनले २००२ र २०१० मा पनि मेक्सिकोको नेतृत्व गरेका थिए । अब उनी अन्तिम पटक सह–आयोजक राष्ट्रसँग विश्वकप खेल्दैछन्, त्यसपछि जिम्मेवारी उनका सहायक तथा पूर्व कप्तान राफा मार्केजलाई सुम्पिनेछन् ।
हाजिमे मोरियासु पनि विश्वकपका परिचित नाम बन्दै गएका छन् । सन् २०१८ मा जापानका सहायक प्रशिक्षक रहेका उनी २०२२ मा मुख्य प्रशिक्षक बने र स्पेन तथा जर्मनीलाई हराउँदै टोलीलाई नकआउट चरणमा पुर्याए ।
लगातार तेस्रो विश्वकपमा आफ्नै देशको टोली सहभागी नभएकाले इटालीका समर्थकहरू पूर्व स्ट्राइकर भिन्चेन्जो मोन्टेलामाथि ध्यान दिनेछन् । सन् २००० को युरोपियन च्याम्पियनसिपको फाइनल पुगेको इटाली टोलीका सदस्य तथा रोमासँग सिरी ए विजेता मोन्टेलाले टर्कीलाई सन् २००२ पछि पहिलो पटक विश्वकपमा पुर्याएका छन् । त्यतिबेला टर्की सेमिफाइनलसम्म पुगेको थियो ।
केही परिचित अनुहार नयाँ देशका साथ पनि देखिनेछन् । लामो समय स्विट्जरल्यान्डको नेतृत्व गरेका भ्लादिमिर पेटकोभिच अहिले अल्जेरियाको प्रशिक्षक छन् । ग्राहम अर्नोल्डले अस्ट्रेलियालाई अन्तिम १६ सम्म पुर्याएपछि अहिले इराकलाई सन् १९८६ पछि पहिलो पटक विश्वकपमा ल्याएका छन् ।
तर अनुभवको हिसाबले कार्लोस केइरोज सबैभन्दा माथि छन् । घानाको जिम्मेवारी स्वीकार गरेपछि उनी लगातार पाँच विश्वकपमा प्रशिक्षण गर्ने इतिहासका तेस्रो व्यक्ति बन्नेछन् । पूर्व रियल म्याड्रिड प्रशिक्षक तथा म्यानचेस्टर युनाइटेडका सहायक केइरोजले पोर्चुगल र तीन पटक इरानको नेतृत्व गर्दै विश्वकप खेलेका छन् । यससँगै उनी बोरा मिलुटिनोभिच र कार्लोस अल्बर्टो पेरेरासँग बराबरीमा पुग्नेछन् । पेरेरासँग सबैभन्दा धेरै, छ पटक विश्वकपमा प्रशिक्षण गरेको कीर्तिमान छ।
दिग्गज पूर्व खेलाडीहरू

एन्सेलेट्टी, कोम्यान र पोचेट्टिनोले प्रशिक्षक बन्नुअघि उत्कृष्ट खेलाडी जीवन बिताएका थिए । तर सन् २०२६ मा केवल दुई प्रशिक्षक यस्ता छन् जसले खेलाडीका रूपमा विश्वकप जितेका छन् । पहिलो हुन् दिदिए देसाँ । उनी खेलाडी र प्रशिक्षक दुवैका रूपमा विश्वकप जित्ने केवल तीन व्यक्तिमध्ये एक हुन् । उनी सन् १९९८ को फ्रान्सेली विश्वकप विजेता टोलीका सदस्य थिए । अर्का हुन् सन् २००६ मा इटालीलाई विश्वकप जिताउने प्रेरणादायी कप्तान फाबियो कानाभारो । २० वर्षअघि बालोन ड’ओर जितेका कानाभारोलाई पहिलो पटक विश्वकपमा छनोट भएको उज्बेकिस्तानको जिम्मेवारी दिइएको छ । अक्टोबरमा छनोट सुनिश्चित भएपछि उनले टोली सम्हालेका थिए । चीनमा लिग उपाधि जितिसकेका कानाभारोको नेतृत्वमा नतिजा मिश्रित रहे पनि विश्वकप फाइनल चरणमा पुग्ने पहिलो मध्य एसियाली राष्ट्रका रूपमा उज्बेकिस्तानले पोर्चुगल र कोलम्बिया रहेको समूहबाट अघि बढ्ने लक्ष्य राखेको छ ।
लगातार तेस्रो विश्वकपमा आफ्नै देशको टोली सहभागी नभएकाले इटालीका समर्थकहरू पूर्व स्ट्राइकर भिन्चेन्जो मोन्टेलामाथि ध्यान दिनेछन् । सन् २००० को युरोपियन च्याम्पियनसिपको फाइनल पुगेको इटाली टोलीका सदस्य तथा रोमासँग सिरी ए विजेता मोन्टेलाले टर्कीलाई सन् २००२ पछि पहिलो पटक विश्वकपमा पुर्याएका छन् । त्यतिबेला टर्की सेमिफाइनलसम्म पुगेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वैदेशिक रोजगार व्यवसायी संघको निर्वाचन आज : १७ पदका लागि ५१ उम्मेदवारी , ३ प्यानलबिच कडा टक्कर
-
सर्वसुलभ शिक्षा, स्वास्थ्य सेवाका लागि ऐन–नियम बनाउन प्रतिबद्ध छौँ : मदनकृष्ण श्रेष्ठ
-
रास्वपा पाल्पाको सभापतिमा विष्णुप्रसाद भण्डारी निर्विरोध
-
रास्वपा सिन्धुलीको सभापतिमा बस्नेत निर्वाचित
-
ओमानलाई सजिलै हराउँदै फाइनलमा पुग्यो नेपाल
-
विश्वकपको तयारी खेलमा इंग्ल्याण्डको विजयी सुरुवात
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण