बादलले बोलाए एमाले पुनर्गठन कार्यदलको पहिलो बैठक
सारांश
- नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा 'बादल'ले पार्टी पुनर्गठन कार्यदलको बैठक बोलाएका छन्।
- यो कार्यदलले पार्टी शुद्धीकरण, सुदृढीकरण तथा रूपान्तरण सहितको पुनर्गठन कार्ययोजना तयार गर्नेछ।
- कार्यदलले निर्वाचन समीक्षा र पार्टी पुनर्गठनको सुझावसहितको प्रतिवेदन पेश गर्नेछ।
काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले एमाले पुनर्गठन कार्यदलको बैठक बोलाएका छन् । कार्यदलको बैठक मङ्गलवार १ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने गरी बोलाएको एमाले सचिव तथा कार्यदल सदस्य छविलाल विश्वकर्माले जानकारी दिए ।
गत जेठ १० गते सचिवालयको आठौँ बैठकले पार्टी शुद्धीकरण, सुदृढीकरण तथा रूपान्तरण सहितको पुनर्गठन कार्ययोजना तयार गर्न कार्यदल बनाएको थियो । उपाध्यक्ष ‘बादल’ को नेतृत्वको कार्यदल १५ सदस्यीय रहेको छ ।
कार्यदललाई एक महिनाभित्र प्रतिवेदन बुझाउने समय सीमा भए पनि कार्यदल गठन भएको १५ दिनमा बल्ल पहिलो बैठक बस्न लाग्दैछ । ‘पहिलो बैठक बस्दैछ । कार्यदलले कसरी काम गर्ने भन्ने विषयमा छलफल केन्द्रित हुन्छ’, सचिव विश्वकर्माको भनाइ छ । उनका अनुसार आवश्यक परे बैठकले कार्यविधि तय गर्नेछ ।
कार्यदलले निर्वाचन समीक्षा र पार्टी पुनर्गठनको सुझाव प्रतिवेदन पेस गर्नेछ । कार्यदलमा उपाध्यक्ष विष्णुप्रसाद पौडेल, पृथ्वीसुब्बा गुरुङ, महासचिव शङ्कर पोखरेल, उपमहासचिव लेखराज भट्ट, सचिवहरू छविलाल विश्वकर्मा, पद्मा अर्याल, भानुभक्त ढकाल र सादै प्रदेश अध्यक्ष सदस्य रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फिल्म ‘टिकाः स्टेटलेस सोल’को छायांकन सुरु
-
भिजिट भिसामा ‘काउन्टर सेटिङ’ आरोपमा वायुसेवा निगमका दुई जना कर्मचारी पक्राउ
-
स्वर्णिम वाग्लेलाई राजद्रोहको मुद्दा लाग्न सक्छ : शाही
-
प्लास्टिक प्रदूषण नियन्त्रण र दिगो फोहर व्यवस्थापनमा सहकार्य आवश्यक : मन्त्री चौधरी
-
अमेरिकाको न्यूजर्सीमा मनाइयो 'नेपाल डे'
-
जडीबुटी मार्ग र स्थानीय ‘इगो’ का कारण हुम्ला-बाजुरामा विवाद : आईजीपी पौडेल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण