सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय

नागढुंगा सुरुङमा सुरक्षाको जोखिमबारे सांसद थापाले उठाए प्रश्न

सोमबार, २५ जेठ २०८३, १३ : ०९
सोमबार, २५ जेठ २०८३

सारांश

  • सांसद सुनिलबहादुर थापाले नागढुंगा सुरुङ मार्गको सुरक्षा व्यवस्थाबारे गम्भीर चासो व्यक्त गरेका छन् ।
  • उनले सुरुङभित्र आतङ्ककारी गतिविधि र सवारी साधनको गति सीमा गरी दुई पक्षबाट सुरक्षा हेर्नुपर्ने बताए ।
  • मानिसहरूले सुरुङभित्र सेल्फी खिच्ने वा टिकटक बनाउने जस्ता क्रियाकलाप रोक्न र सुरक्षा प्रत्याभूति गर्न अपनाइएका उपायबारे उनले प्रश्न गरेका छन् ।

काठमाडौँ । सांसद सुनिलबहादुर थापाले सुरुङ मार्गको सुरक्षा व्यवस्थालाई लिएर गम्भीर चासो व्यक्त गरेका छन् । समितिको बैठकमा बोल्दै थापाले सुरुङभित्रको सुरक्षालाई आतङ्ककारी गतिविधि र सवारी साधनको गति सीमा (स्पीड लिमिट) गरी दुई पक्षबाट हेर्नुपर्ने बताए ।

नेपालमा पहिलो पटक यस्तो सुरुङ सञ्चालनमा आउँदा मानिसहरू सेल्फी खिच्न वा टिकटक बनाउन रोकिने सम्भावना रहेको भन्दै उनले यसले ठुलो ट्राफिक जाम र सुरक्षा जोखिम निम्त्याउन सक्ने चेतावनी दिए । यस्ता क्रियाकलाप रोक्न र सुरक्षा प्रत्याभूति गर्न के–कस्ता उपाय अपनाइएका छन् ? उनले प्रश्न गरे ।

उनले भने, ‘हाम्रोमा सुरुङ खुलेपछि मानिसहरू सेल्फी खिच्न जाने र मोटर रोक्ने सम्भावना रहन्छ, जसले गर्दा ठुलो ट्राफिक जाम र सेफ्टी ह्याजार्ड हुन सक्छ। यसलाई कसरी नियन्त्रण गरिन्छ ? यसमा ध्यान दिन अनुरोध गर्दछु।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप