अर्थमन्त्रीमाथि छानबिन हुनुपर्छ : ज्ञानेन्द्र शाही
सोमबार, २५ जेठ २०८३, १३ : ४६
सारांश
- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले करका दर हेरफेर गर्ने विषयमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेमाथि छानबिन गरी राजद्रोहको मुद्दा चलाउनुपर्ने बताएका छन्।
- सोमबारको प्रतिनिधिसभा बैठकमा शाहीले करका दर हेरफेरको सूचना कसरी चुहियो भनी प्रश्न गर्दै यस प्रकरणमा अर्थमन्त्रीमाथि नितान्त छानबिन हुनुपर्ने र राजद्रोहको मुद्दा लाग्नुपर्ने बताए।
- उनले कोरला र रसुवागढी नाकाबाट कर छलीका गाडीहरू प्रवेश गरेको भन्दै संसदीय छानबिन समिति बनाउनुपर्ने माग गरेका छन्।
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले करका दर हेरफेर गर्ने विषय अर्थमन्त्रीबाहेक अरू कसैलाई थाहा नहुने भन्दै अर्थमन्त्री डा.स्वर्णिम वाग्लेमाथि छानबिन गर्दै राजद्रोहको मुद्दा लाग्नुपर्ने बताएका छन् ।
सोमबारको प्रतिनिधिसभा बैठकमा नेता शाहीले यस्तो बताएका हुन् । उनले भने-‘यस प्रकरणमा अर्थमन्त्रीमाथि नितान्त छानबिन हुनुपर्छ र राजद्रोहको मुद्दा लाग्नुपर्छ ।’
उनले कोरला र रसुवागढी नाकाबाट कर छलीका गाडीहरू प्रवेश गरेको भन्दै करका दर हेरफेरको सूचना कसरी चुहियो भनी प्रश्न गरे । त्यस विषयमा संसदीय छानबिन समिति बनाउनुपर्ने उनको माग छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कैलालीमा भेटिएको शंकास्पद वस्तु डिस्पोज
-
४४ लाख मूल्य बराबरको भन्सार छलीको सामान बरामद
-
बजेटभन्दा मुलुकको अस्मिता र राष्ट्रियता महत्वपूर्ण, सरकार जवाफदेही बनेन: सांसद केरुङ
-
प्रधानमन्त्रीको विवादास्पद अभिव्यक्ति कि पुष्टि हुनुपर्छ कि सच्चाइनुपर्छ : बराल
-
कांग्रेस नीति प्रतिष्ठानको बैठक आह्वान
-
‘पोलिसी कब्जा’ र म्याक्रो सिण्डिकेटहरूको अन्त्य गर्दैछौँ, ‘छटपटी’ हुनेलाई भइरहोस्ः वाग्ले
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण