सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय
एसियन गेम्स छनोट

उपाधिका लागि नेपालसामु १ सय ८९ रनको लक्ष्य

सोमबार, २५ जेठ २०८३, १३ : ५०
सोमबार, २५ जेठ २०८३

सारांश

  • एसियन गेम्स छनोटको फाइनल खेलमा हङकङले नेपालसामु जितका लागि १ सय ८९ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
  • टस हारेर पहिले ब्याटिङको निम्तो पाएको हङकङले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ८८ रन बनाएको हो ।
  • नेपालका लागि शेर मल्लले ४ ओभरमा ३२ रन खर्चेर ४ विकेट लिए भने करन केसीले २ विकेट हात पारे ।

काठमाडौँ । एसियन गेम्स छनोटको फाइनल खेलमा हङकङले नेपालसामु जितका लागि १ सय ८९ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

सिंगापुरको सिंघा ओभल मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको हङकङले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ८८ रन बनाएको हो ।

खेलमा नेपालले दोस्रो ओभर नै सफलता पाएको थियो । ओपनर निजाकत खान मात्र २ रन बनाएर शेर मल्लको शिकार बने । तेस्रो ओभरमा करन केसीले बाबर हायातलाई शून्य रनमा पभेलियन फर्काए ।

त्यसपछि ओपनर अंशुमन राथले शिव माथुरसँग मिलेर हङकङको पाली सम्हाले । माथुरले २१ बलमा २६ रन बनाएपछि उनी शेर मल्लको बलमा बोल्ड हुन पुगे । 

राथले त्यसपछि विकेटकिपर साहिद वासिफसँग अर्धशतकीय साझेदार गर्दै ३९ बलमा ८४ रन जाडे । राथले ४५ बलमा ८० रनको योगदान दिए। उनले ६ चौका र ६ छक्का प्रहार गर्दै मल्लद्वारा क्याच आउट हुन पुगे ।

वासिफले पनि तीव्र गतिमा अर्धशतक पूरा गर्दै २८ बलमा ५५ रन बनाए । उनले यसक्रममा ७ चौका र ३ छक्का प्रहार गरे । कप्तान यासिम मुर्तजाले ९ रन जोडे भने नसरुल्लाह रानाले ८ रन बनाए।

नेपालका लागि शेर मल्लले घातक बलिङ गरे । उनले ४ ओभर बलिङ गर्दै ३२ रन खर्चेर ४ विकेट लिए । करन केसीले ४ ओभरमा ४५ रन खर्चेर २ विकेट हात पारे । सन्दीप लामिछानेको नाममा १ विकेट रह्यो ।

कप्तान दीपेन्द्र सिंह ऐरीको लागि आजको खेल निकै महत्त्वपूर्ण रहेको छ । यो खेल उनको १०० औँ टी–२० अन्तर्राष्ट्रिय खेल हो । 

नेपाल र हङकङ यसअघि नै एसियन गेम्सका लागि छनोट भइसकेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप