प्रदर्शनकारीद्वारा मेक्सिको विश्वकप स्टेडियम जाने बाटो अवरुद्ध
मेक्सिको । प्रदर्शनकारीहरुले विरोध प्रदर्शन गरी मेक्सिको सिटीको एजटेका स्टेडियममा पुग्ने बाटो अवरुद्ध गरेको जनाइएको छ । संयुक्त राज्य अमेरिका र क्यानाडाको सहआयोजनामा हुन लागेको उद्घाटन खेल प्रतियोगितामा फुटबल पे्रमीहरुको आवागमन बढ्दा मेक्सिको राजधानीमा विरोध भई रहेको जनाइएको छ ।
मङ्गलबारको विरोध प्रदर्शनमा हजारौँले भाग लिएका थिए, एक हप्ताको प्रदर्शन पछि सि.एन.टि.इ. शिक्षक सङ्घबाट अलग भएको समूहले प्रदर्शनको नेतृत्व लिएको जनाइएको छ । प्रदर्शनकारीहरूलाई बिहीबार विश्वकपको उद्घाटन खेल आयोजना गरिएको एजटेका स्टेडियममा पुग्नबाट प्रहरीले रोकेको जनाइएको छ ।
हजारौँ प्रहरी अधिकारीहरू तैनाथ गरी स्टेडियम वरवरको क्षेत्रमा सुरक्षा व्यवस्था कडा बनाए पछि तीन घण्टाको सडक प्रदर्शन तोडी प्रदर्शनकारीहरू तितर बितर भएको जनाइएको छ । मेक्सिको सिटीका सुरक्षा प्रमुख पाब्लो भाजक्वेजले विज्ञप्ति जारी गर्दै आन्दोलन शान्तिपूर्ण भएको बताएका छन् ।
आन्दोलनरत सीएनटीई शिक्षक युनियनले तलब वृद्धि र पेन्सन कानुन फिर्ता लिन माग गर्दै गत हप्ता देखि प्रदर्शन गरिरहेको जनाइएको छ । आन्दोलनरत शिक्षकहरूले मेक्सिको सिटीको जोकालो स्क्वायरमा विश्वकप फ्यान जोन नजिकै शिविर पनि स्थापना गरेका छन् ।
शिक्षकहरूले बिहीबार पनि प्रदर्शनको आह्वान गरेका छन् जसमा तथाकथित “बेपत्ता“ व्यक्तिहरूका परिवारहरू पनि समावेश हुने जनाइएको छ । मेक्सिकोले दक्षिण अफ्रिकाविरुद्ध खेल्ने खेल र उद्घाटन समारोहका लागि विश्वव्यापी तयारी पुरा भएको जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकी बमबारी रोकिएसम्म इरानले पनि आक्रमण नगर्ने
-
नागढुङ्गा सिस्ने खोला सुरुङमार्गको आज औपचारिक उद्घाटन, तस्बिरमा हेर्नुहोस्
-
खानेपानी उपभोक्ताको माग सम्बोधन गर्ने पूर्वाधार मन्त्री लम्सालको आश्वासन
-
प्रधान न्यायाधीश शर्मा स्वदेश फिर्ता
-
एकैदिन ४ प्रतिशतले घट्यो तेलको मूल्य, कतिमा भइरहेछ कारोबार ?
-
स्रोत नखुलेको साढे ४ लाख रुपैयाँसहित विराटनगरबाट १ जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण