चालू आर्थिक वर्षभन्दा करिब २ अर्ब बढीको बजेट ल्याउने तयारीमा कोशी प्रदेश
सारांश
- कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष ०८३/४ का लागि चालू आर्थिक वर्षभन्दा करिब २ अर्ब बढीको बजेट ल्याउने तयारी गरेको छ ।
- बजेट खर्चको प्रतिशत घटेकाले नगद मौज्दात बढेको र संघीय सरकारले दिने अनुदान रकम बढाएकाले करिब ३८ अर्बको हाराहारीको बजेट आउन सक्ने अनुमान छ ।
- शिक्षा, स्वास्थ्य, कृषि, भौतिक पूर्वाधार र सूचना प्रविधिलाई उच्च प्राथमिकता दिँदै निम्न मध्यम वर्ग तथा सुकुम्बासीलाई लक्षित गरी केही राहतका कार्यक्रम पनि ल्याइनेछ ।
काठमाडौँ । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष ०८३/४ का लागि चालू आर्थिक वर्षभन्दा करिब २ अर्ब बढीको बजेट ल्याउने तयारी गरेको छ ।
चालू आर्थिक वर्षमा बजेट खर्चको प्रतिशत घटेकाले नगद मौज्दात बढेको र संघीय सरकारले दिने अनुदान रकम पनि बढाएकाले करिब ३८ अर्बको हाराहारीको बजेट आउन सक्ने कोशी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री विदुर कुमार लिङ्थेपले जानकारी दिए ।
उनले प्रदेश प्रति जनआस्था बढाउने गरी शिक्षा, स्वास्थ्य, कृषि, भौतिक पूर्वाधार र सूचना प्रविधिलाई उच्च प्राथमिकता दिने गरी नीति तथा कार्यक्रम ल्याइएकाले सोही क्षेत्रलाई प्राथमिकतामा राखेर बजेट ल्याउने तयारी भइरहेको बताए ।
संघीय सरकारले ल्याएको बजेटमा शिक्षा र स्वास्थ्यमा ३ प्रतिशत समता शुल्क र ५० युनिट भन्दा बढी बिजुली खपत गर्नेलाई ५ प्रतिशत भ्याट लगाउने नीति ल्याएपछि प्रदेश सरकारले निम्न मध्यम वर्ग तथा सुकुम्बासीलाई दृष्टिगत गरेर केही राहतका कार्यक्रम पनि ल्याउन लागेको मन्त्री लिङ्थेपले उल्लेख गरे ।
अघिल्लो वर्ष करिब ८० प्रतिशतसम्म बजेट खर्च भएकोमा चालू आर्थिक वर्षमा करिब ७० प्रतिशत मात्र बजेट खर्च हुने अनुमान छ । गत वैशाख मसान्त सम्म कोशी प्रदेश सरकारको सञ्चित कोषमा करिब १२ अर्ब ८१ करोड ४१ लाख रुपैयाँ नगद मौज्दात रहेको बताइएको छ । कोशी प्रदेश सरकारले चालू आर्थिक वर्षका लागि ३६ अरब २ करोड २ लाख रुपैयाँ बराबरको बजेट ल्याएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मधेसवादी दलको अवसान स्वाभाविक होइन : शैलेन्द्र साह
-
बजेटमा चुहावट भएको भन्दै वर्षमानले मागे संसदीय छानबिन समिति
-
खाद्य व्यवस्था तथा व्यापार कम्पनीको प्रमुख कार्यकारी अधिकृतका लागि दरखास्त आह्वान
-
चुनावले मधेसवादी दलहरूलाई ठुलो पाठ सिकाएको छ : डा. हरिवंश झा
-
प्रसारण लाइन र विद्युत् व्यापारमा निजी क्षेत्रको सहभागिता अपरिहार्य : कामु कार्यकारी निर्देशक श्रेष्ठ
-
कालिकोटमा भारतको सहयोगमा विद्यालय भवन शिलान्यास
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण