रास्वपा कोशी प्रदेश सभापतिका लागि ८ जनाको उम्मेदवारी
सारांश
- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को कोशी प्रदेश सभापति पदका लागि ८ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।
- मोरङको विराटचौकमा सुरु भएको अधिवेशनमा सरिन तामाङ, चन्द्र राई, चन्द्रकुमार गौली, पीताम्बर तिम्सिना, वीरेन्द्र श्रेष्ठ, पारसमणि गेलाल, खगेन्द्र कटुवाल र नारायणप्रसाद घिमिरेले सभापति पदमा उम्मेदवारी दिएका छन् ।
- प्रदेश समिति सदस्य पदका लागि ७१ जनाको उम्मेदवारी परेको छ भने ६१ सदस्यीय हुने प्रदेश कार्यसमितिका लागि सभापति चयनपछि बाँकी पदाधिकारी निर्वाचित सदस्यहरूबाट चयन गरिनेछ ।
विराटनगर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को कोशी प्रदेश सभापति पदका लागि ८ जनाले उम्मेदवारी दर्ता गराएका छन् । अधिवेशन सम्पन्न गराउन नवराज पुडासैनीको संयोजकत्वमा निर्वाचन समिति बनेको छ । उक्त निर्वाचन समितिले ८ जनाले उम्मेदवारी दिएको जनाएको छ ।
मोरङको विराटचौकमा आजेदेखि सुरु भएको अधिवेशनमा सरिन तामाङ, चन्द्र राई, चन्द्रकुमार गौली, पीताम्बर तिम्सिना, वीरेन्द्र श्रेष्ठ, पारसमणि गेलाल, खगेन्द्र कटुवाल र नारायणप्रसाद घिमिरेले सभापति पदमा उम्मेदवारी दिएका छन् । निर्वाचन समितिका अनुसार प्रदेश समिति सदस्य पदका लागि ७१ जनाको उम्मेदवारी परेको छ।
विधानअनुसार कोशी प्रदेश कार्यसमिति ६१ सदस्यीय हुनेछ। अधिवेशनबाट सभापति चयन भएपछि निर्वाचित सदस्यहरूमध्येबाट उपसभापति, महामन्त्री, दुई सहमहामन्त्री, कोषाध्यक्ष र प्रवक्ता चयन गरिने व्यवस्था छ।
रास्वपाले हालै कोशी प्रदेशका १४ वटै जिल्लामा अधिवेशन तथा जिल्ला भेला सम्पन्न गरेपछि प्रदेश नेतृत्व चयनको प्रक्रिया अघि बढाएको हो। जिल्लास्तरमा अधिकांश स्थानमा निर्वाचनमार्फत नेतृत्व चयन भएकाले प्रदेश अधिवेशनमा पनि प्रतिस्पर्धात्मक चुनाव हुने देखिएको छ।
कोशी प्रदेश कार्यसमितिमा सभापति, उपसभापति, महामन्त्री, दुई जना सहमहामन्त्री (फरक लिङ्ग), कोषाध्यक्ष र प्रवक्ता रहने व्यवस्था छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इजरायली सेनाद्वारा वेस्ट ब्याङ्कका विभिन्न क्षेत्रबाट १३ जना प्यालेस्टिनीलाई पक्राउ
-
सांसद हमालद्वारा राष्ट्रियताको विषयमा एकताबद्ध हुन आग्रह
-
केही अमेरिकी भन्छन्– एपस्टिन प्रकरणमा ट्रम्प प्रशासनले न्याय दियो
-
१५ सदस्यीय कार्यव्यवस्था परामर्श समिति गठन
-
‘नेपाल कतै पाकिस्तानी मोडेलतर्फ त जाँदै छैन ?’
-
कसरी हुन्छ दरबार हत्याकाण्डको अनुसन्धान ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण