बागमती सरकारलाई निजी अस्पतालको विवरण पेस गर्न निर्देशन
सारांश
- बागमती प्रदेश सरकारलाई निजी अस्पतालको विवरण पेस गर्न प्रदेशसभाको शिक्षा स्वास्थ्य तथा कृषि समितिले निर्देशन दिएको छ ।
- समितिले 'प्रदेश युवा परिषद् ऐन, २०७६' को परीक्षण प्रतिवेदन र 'प्रदेश युवा नीति-२०७९' को समीक्षा प्रतिवेदन उपर सरोकारवालाहरूसँग छलफल गर्ने निर्णय गरेको छ ।
- समितिले 'एक विद्यालय-एक नर्स कार्यक्रम' को प्रशंसा गर्दै यसलाई थप प्रभावकारी बनाउन निर्देशन दिएको छ ।
हेटौँडा । बागमती प्रदेश सरकारलाई निजी अस्पतालको विवरण पेस गर्न निर्देशन दिइएको छ । प्रदेशसभाको शिक्षा स्वास्थ्य तथा कृषि समितिको बैठकले प्रदेशमा अनुमति पाएका निजी अस्पतालहरूको विवरण पेस गर्न निर्देशन दिएको हो ।
बैठकले स्वास्थ्य क्षेत्रको पारदर्शिता र नियमनका लागि स्वास्थ्य मन्त्रालय र मातहतका निकायबाट आर्थिक वर्ष २०८२/०८३ मा नयाँ निजी अस्पताललाई दिइएको सञ्चालन अनुमति र नवीकरण गरिएका अस्पतालहरूको विस्तृत विवरण ७ दिनभित्र उपलब्ध गराउन निर्देशन दिएको समितिका सचिव प्रकाश चापागाईँले जानकारी दिए ।
उनका अनुसार बैठकले समितिका सदस्य एका लाल श्रेष्ठले पेस गरिएको ‘प्रदेश युवा परिषद् ऐन, २०७६’ को परीक्षण प्रतिवेदन–२०८३ र ‘प्रदेश युवा नीति–२०७९’ को समीक्षा प्रतिवेदन–२०८३ उपर सरोकारवालाहरूसँग छलफल गर्ने निर्णय गरेको छ । ऐनको प्रतिवेदन सभामा पेस गर्नुअघि र नीतिको प्रतिवेदन सम्बन्धित मन्त्रालयमा पठाउनुअघि सरोकारवालाहरूको सुझाव लिइने समितिको बैठकले निर्णय गरेको हो ।
बैठकले प्रदेश सरकारद्वारा सञ्चालित ‘एक विद्यालय–एक नर्स कार्यक्रम’ को प्रशंसा गर्दै उक्त कार्यक्रमलाई शिक्षा र स्वास्थ्यबिचको प्रभावकारी सेतुको रूपमा व्याख्या गरेको छ । विद्यार्थीहरूको शारीरिक, मानसिक तथा प्रजनन स्वास्थ्यमा सुधार ल्याउन र स्वस्थ सिकाइ वातावरण निर्माण गर्न यस कार्यक्रमले उल्लेख्य भूमिका खेलेको समितिको निष्कर्ष रहेको छ । समितिले उक्त कार्यक्रमलाई थप प्रभावकारी बनाउन निर्देशन समेत दिएको छ ।
समितिको बैठकले वार्षिक प्रतिवेदन तयार गर्न उत्तम जोशीको संयोजकत्वमा ५ सदस्यीय उपसमिति गठन गरिएको छ । उपसमितिमा ईश्वर सापकोटा, एकलाल श्रेष्ठ, रामकुमार पहाडी र शुष्पा भुजेल न्यौपाने सदस्य रहेका छन् । उक्त उपसमितिलाई आगामी जेठ ३१ गतेभित्र प्रतिवेदन तयार गरी सभापति समक्ष पेस गर्ने समय सीमा तोकिएको छ ।
समितिले प्रदेशका गौरवका तथा प्रमुख आयोजनाहरूमा पर्याप्त स्रोतसाधन सुनिश्चित गरी तोकिएकै समयमा सम्पन्न गर्ने वातावरण मिलाउन सम्बन्धित मन्त्रालयहरूलाई निर्देशन दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संसद्मा सभामुखको बोली चिप्लिएपछि ...
-
१२ बजे १२ समाचारः करका दर हेरफेरमा अर्थमन्त्रीको स्पष्टीकरण, रास्वपा कर्णाली नेतृत्वका रस्साकस्सी
-
फेदीवन जङ्गलमा ८ थान इजाजत नभएका बन्दुक भेटियो
-
कांग्रेसको क्रियाशील सदस्यता ४ लाख ५७ हजार ३६६ जनाले अद्यावधिक गरे
-
‘३५ वर्ष’ को भाष्य छाडेर वर्तमान र भविष्यमा केन्द्रित हुन नयाँ सांसदहरुलई रक्षा बमको आग्रह
-
रास्वपा महाधिवेशनको काउन्डडाउन सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण