बिहीबार, २८ जेठ २०८३
ताजा लोकप्रिय
माैसम पूर्वानुमान

पश्चिमी न्यून चापीय रेखा र स्थानीय वायुको प्रभाव कायमै, आज सातै प्रदेशमा वर्षाको सम्भावना

बिहीबार, २८ जेठ २०८३, ०६ : ०८
बिहीबार, २८ जेठ २०८३

सारांश

  • हाल नेपालमा पश्चिमी न्यून चापीय रेखा र स्थानीय वायुको प्रभावले देशभर बदली भएको छ।
  • आज दिउँसो कोशी, बागमती, गण्डकी, लुम्बिनी, मधेस, कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न भूभागमा वर्षाको सम्भावना छ।
  • राति सुदूरपश्चिम, लुम्बिनी, कोशी, मधेस, बागमती, गण्डकी र कर्णाली प्रदेशका केही स्थानहरूमा चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना छ।

काठमाडौँ । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा तथा स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको  प्रभावले  हाल देशभर साधरणतया बादल लागेको छ। 

आज दिउँसो देशभर साधरणतया बादल लाग्नेछ । कोशी, बागमती गण्डकी र लुम्बिनी प्रदेशका हिमाली र पहाडी भूभागका केही स्थानहरू तथा मधेस प्रदेश लगायत कोशी, बागमती र गण्डकी प्रदेशका तराई भूभाग, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भूभागका थोरै स्थानहरूमा वर्षा हुनेछ । 

साथै लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागका एक–दुई स्थानमा पनि चट्याङ्गसहित मध्यमसम्म वर्षाको सम्भावना रहेको छ ।

आज राति देशभर साधरणतया बादल लाग्नेछ । सुदूरपश्चिम र लुम्बिनी प्रदेशका पहाडी र तराई भूभाग तथा कोशी, मधेस, बागमती, गण्डकी प्रदेश लगायत कर्णाली प्रदेशका पहाडी भूभागका थोरै स्थानहरूमा साथै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप