बिहीबार, २८ जेठ २०८३
ताजा लोकप्रिय

जथाभाबी आरोप लगाउने प्रवृत्तिले देशको साख गिर्छ: सांसद आचार्य

बिहीबार, २८ जेठ २०८३, १० : ४०
बिहीबार, २८ जेठ २०८३

सारांश

  • राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद विपिन आचार्यले तथ्यहीन आरोपले देशको छवि र लगानी वातावरणमा असर पार्ने बताएका छन्।
  • उनले वैदेशिक लगानी र अन्तर्राष्ट्रिय ब्रान्डबारे टिप्पणी गर्दा संवेदनशील हुन आग्रह गर्दै बीवाईडी जस्तो कम्पनीलाई बदनाम गर्ने खेल उचित नहुने बताए।
  • सांसद आचार्यले सामाजिक सञ्जालका स्टाटस वा च्याटजीपीटीको भरमा अर्थमन्त्री वा अन्य व्यक्तिमाथि आरोप लगाउनुअघि गहिरो ज्ञानबारे सोच्नुपर्नेमा जोड दिए।

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद विपिन आचार्यले विना तथ्य र गहिरो अध्ययन हचुवाका भरमा आरोप लगाउने प्रवृत्तिले देशको छवि र लगानीको वातावरणमा गम्भीर असर पुग्ने बताएका छन् ।

सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै सांसद आचार्यले वैदेशिक लगानी र अन्तर्राष्ट्रिय ब्रान्डहरूका बारेमा टिप्पणी गर्दा संवेदनशील हुन आग्रह गरे। 

सांसद आचार्यले  भने, "बीवाईडी जस्तो ग्लोबल कम्पनीको गुडविललाई हामीले कसरी अन्तर्राष्ट्रिय रूपमा हेरिरहेका छौँ भन्ने कुरा महत्त्वपूर्ण छ। नेपालमा केही कमजोरी भए स्थानीय इम्पोर्टरको कुरा होला, तर ब्रान्डलाई नै बदनाम गर्ने खेलमा लाग्नु उचित हुँदैन। यसले अन्तर्राष्ट्रिय स्तरमा नेपालको छविमा कस्तो प्रभाव पार्छ भन्ने हामीले सोचेका छैनौँ।"

पछिल्लो समय सामाजिक सञ्जालमा लेखिएका कुरा र हेडलाइनका भरमा ठुला आरोपहरू लगाउने गरिएको भन्दै उनले असन्तुष्टि व्यक्त गरे ।

"फेसबुकको स्टाटसको भरमा अर्थमन्त्री वा अन्य व्यक्तिमाथि गम्भीर आरोप लगाउनुअघि हामीसँग 'इन-डेप्थ' ज्ञान छ कि छैन भन्ने सोच्नुपर्छ," उनले भने।

उनले अहिले च्याटजीपीटी र जेमिनाइ प्रोबाट उत्तर खोजेर प्रश्न सोध्ने सजिलो माध्यम बनेको बताए । विद्युतीय सवारी साधनमा कर लगाउँदा मूल्यलाई मात्र आधार बनाउनु अपूर्ण हुने तर्क सांसद आचार्यले राखे।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप