ईभी गाडी आयात सम्बन्धमा संसदीय छानबिन समिति चाहिन्छ : राप्रपा
बिहीबार, २८ जेठ २०८३, ११ : ३८
सारांश
- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले इभी गाडी आयात सम्बन्धमा संसदीय छानबिन समिति आवश्यक रहेको बताएको छ ।
- राप्रपा संसदीय दलका नेता ज्ञानबहादुर शाहीले आयातमा केही शङ्का देखिएकाले संसदीय छानबिन समिति आवश्यक रहेको बताए ।
- उनले जेठ १ देखि १४ गतेसम्म ३ हजार सवारी साधन आयात भएको तथा कर जेठ १४ गते पास भएर २१ गते गाडी आउनुले शङ्का देखिएको बताए ।
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले इभी गाडी आयात सम्बन्धमा संसदीय छानबिन समिति आवश्यक रहेको बताएको छ । प्रतिनिधिसभाको बिहीबारको बैठकमा राप्रपा संसदीय दलका नेता ज्ञानबहादुर शाहीले आयातमा केही शङ्का देखिएकाले संसदीय छानबिन समिति आवश्यक रहेको बताए ।
आफूहरूले त्यो छानबिन समिति अर्थमन्त्री डा.स्वर्णिम वाग्लेलाई काम गर्न नदिन नभई स्पष्ट हुनका लागि आवश्यक रहेको बताए ।
उनले जेठ १ देखि १४ गतेसम्म ३ हजार सवारी साधन आयात भएको तथा कर जेठ १४ गते पास भएर २१ गते गाडी आउनुले शङ्का देखिएको उनको भनाए छ । ‘१४ गते कर पास भएर २१ गते नाकाबाट गाडी भित्रनुलाई करका दल हेरफेर नभनेर के भन्ने,’ शाहीले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘प्रतिपक्षको आन्दोलन यथावत् छ, बजेटका लागि मात्र सहजीकरण’
-
सेयर बजारमा १ अर्ब १४ करोडको सङ्गठित ठगी : शेखर गोल्छासहित ८१ जनाविरुद्ध मुद्दा दायर
-
अब बाली नभित्र्याउँदै किसानको हातमा मूल्यसूची
-
सरकारको बजेटले गरिबलाई छोएन, धनी र गरिबबिचको खाडल झनै बढाउँछ : अर्याल
-
पोखराबाट दुबई उडानको टिकट बुकिङ खुल्यो
-
६ लाख मेट्रिक टन मल कृषकलाई वितरण गर्ने सरकारको लक्ष्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण