स्ट्रेट अफ होर्मुज पूर्णरूपमा बन्द गरिएको इरानको घोषणा
सारांश
- अमेरिकी हवाई आक्रमणपछि इरानले स्ट्रेट अफ होर्मुज सबै प्रकारका जहाजका लागि पूर्ण रूपमा बन्द गरिएको घोषणा गरेको छ ।
- इरानको खातम अल–अन्बिया केन्द्रीय मुख्यालयले जारी गरेको विज्ञप्तिमा दक्षिणी इरानमाथि भएको अमेरिकी आक्रमणका कारण सो क्षेत्रको सुरक्षा अवस्था बिग्रिएको भन्दै होर्मुज जलडमरूमध्यबाट हुने सम्पूर्ण जहाज आवागमन रोकिएको जनाएको छ ।
- इरानी सैन्य कमान्डले चेतावनी दिँदै भनेको छ– ‘अबदेखि होर्मुज प्रवेश गर्ने वा पार गर्न खोज्ने कुनै पनि जहाजलाई निशाना बनाइनेछ ।’
तेहरान । इरानले अमेरिकी हवाई आक्रमणपछि महत्त्वपूर्ण समुद्री व्यापार मार्गमध्ये एक मानिने स्ट्रेट अफ होर्मुज सबै प्रकारका जहाजका लागि पूर्ण रूपमा बन्द गरिएको घोषणा गरेको छ ।
इरानको खातम अल–अन्बिया केन्द्रीय मुख्यालयले जारी गरेको विज्ञप्तिमा दक्षिणी इरानमाथि भएको अमेरिकी आक्रमणका कारण सो क्षेत्रको सुरक्षा अवस्था बिग्रिएको भन्दै होर्मुज जलडमरूमध्यबाट हुने सम्पूर्ण जहाज आवागमन रोकिएको जनाएको छ ।
विज्ञप्ति अनुसार तेल ट्याङ्कर, मालवाहक जहाज तथा अन्य सबै व्यावसायिक जलयानहरूलाई उक्त मार्ग प्रयोग गर्न प्रतिबन्ध लगाइएको छ । इरानी सैन्य कमान्डले चेतावनी दिँदै भनेको छ– ‘अबदेखि होर्मुज प्रवेश गर्ने वा पार गर्न खोज्ने कुनै पनि जहाजलाई निशाना बनाइनेछ ।’
यसअघि अमेरिकी केन्द्रीय कमान्ड (सेन्टकम) ले भने स्टेट अफ होर्मुजबाट व्यापारिक जहाजहरूको आवतजावत जारी रहेको दाबी गरेको थियो । तर इरानले उक्त दाबीलाई अस्वीकार गर्दै जलमार्ग पूर्ण रूपमा बन्द गरिएको र कुनै पनि जहाजलाई सुरक्षित आवागमनको अनुमति नरहेको जनाएको छ ।
इरानी सैन्य नेतृत्वले क्षेत्रभित्र अमेरिकी सैन्य गतिविधिलाई आक्रमणकारी र आतङ्कवादी कार्यको संज्ञा दिँदै भविष्यमा हुने कुनै पनि अमेरिकी कदमको कडा जवाफ दिने चेतावनी दिएको छ ।
‘सो क्षेत्रमा अमेरिकी सेनाबाट हुने कुनै पनि आक्रमण वा उक्साहटको इरानी सशस्त्र बलले निर्णायक र ध्वंसात्मक जवाफ दिनेछ,’ वक्तव्यमा भनिएको छ ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण