लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतका लागि दरखास्त आह्वान
सारांश
- लगानी बोर्डको रिक्त प्रमुख कार्यकारी अधिकृत पदका लागि नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आवेदन माग गरेको छ ।
- अर्थशास्त्र, व्यवस्थापन, वाणिज्य शास्त्र, कानुन, इन्जिनियरिङ वा विकास सम्बन्धी विषयमा स्नातकोत्तर र १० वर्षको व्यवस्थापकीय अनुभव आवश्यक छ ।
- इच्छुक उम्मेदवारले १५ दिनभित्र सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा निवेदन बुझाउनुपर्नेछ ।
काठमाडौँ । नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले लगानी बोर्डको रिक्त प्रमुख कार्यकारी अधिकृत पदका लागि आवेदन माग गरेको छ । 'सार्वजनिक-निजी साझेदारी तथा लगानी ऐन, २०७५' बमोजिम गठित सिफारिस समितिले योग्य नेपाली नागरिकहरूबाट निवेदन आह्वान गरेको हो ।
सूचना अनुसार यो पदका लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट अर्थशास्त्र, व्यवस्थापन, वाणिज्य शास्त्र, कानुन, इन्जिनियरिङ वा विकास सम्बन्धी विषयमा कम्तीमा स्नातकोत्तर तह उत्तीर्ण गरेको हुनुपर्नेछ ।
साथै, परियोजना विकास, सार्वजनिक खरिद, सार्वजनिक-निजी साझेदारी, लगानी प्रवर्द्धन, विकास प्रशासन, बैङ्किङ वा औद्योगिक व्यवस्थापनको क्षेत्रमा कम्तीमा १० वर्षको व्यवस्थापकीय तहको अनुभव हुनुपर्ने अनिवार्य सर्त राखिएको छ ।
आवेदकको उमेर निवेदन दिने अन्तिम मितिसम्म ३५ वर्ष पूरा भई ६५ वर्ष ननाघेको हुनुपर्नेछ । इच्छुक उम्मेदवारले निवेदनको साथमा बायोडाटा, शैक्षिक प्रमाणपत्र र अनुभवका कागजातका अतिरिक्त एक विशेष 'रणनीति र कार्ययोजना' समेत पेस गर्नुपर्नेछ ।
सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र इच्छुक व्यक्तिले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको सामाजिक तथा भौतिक पूर्वाधार विकास शाखामा निवेदन बुझाउन सक्नेछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मृत्युको मुखबाट फर्किएर विश्वकपका नायक बनेका जिमेनेज
-
‘दुःखका कुरै नगरौं, बसमा झुण्डिएर बस्थेँ, भाडा माग्नुअघि नै झर्थें’
-
हुम्ला अस्पतालमा किशोरकिशोरी–मैत्री सेवा सञ्चालन
-
पोखरामा सबैभन्दा धेरै पानी पर्ने, कुन सहरको तापक्रम कति ?
-
चेक रिपब्लिकविरुद्ध दक्षिण कोरियाको पुनरागमन जित
-
संसदीय खेलका खेलाडी सांसदहरू हुन्, सभामुख होइन : महासचिव पोखरेल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण