दीपक भट्ट र सुलभ अग्रवालको विशेष अदालतमा बयान
सारांश
- सम्पत्ति शुद्धीकरण कसुरमा मुद्दा दर्ता भएका व्यवसायी दीपक भट्ट र सुलभ अग्रवालको विशेष अदालतमा बयान सुरु भएको छ ।
- विशेष सरकारी वकिल कार्यालयले भट्ट र अग्रवालसहित ३९ जना विरुद्ध २२ अर्ब ३९ करोड रुपैयाँ बिगो दाबी गर्दै विशेष अदालतमा मुद्दा दर्ता गरेको थियो ।
- हिमालयन रि-इन्स्योरेन्स लगायतका कम्पनीहरूको रकम दुरुपयोग गरेर सम्पत्ति शुद्धीकरण गरेको कसुरमा उनीहरुविरुद्ध मुद्दा दर्ता गरिएको हो ।
काठमाडौँ । सम्पत्ति शुद्धीकरण कसुरमा मुद्दा दर्ता भएका व्यवसायी दीपक भट्ट र सुलभ अग्रवालको विशेष अदालतमा बयान सुरु हुँदै छ । विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट र सदस्य उमेश कोइराला र विदुर कोइरालाको इजलासमा बयान हुन लागेको छ ।
विशेष सरकारी वकिल कार्यालयले बिहीबार भट्ट र अग्रवालसहित ३९ विरुद्ध २२ अर्ब ३९ करोड रुपैयाँ बिगो दाबी गर्दै विशेष अदालतमा मुद्दा दर्ता गरेको थियो । सम्पत्ति शुद्धीकरण मुद्दामा दीपक भट्ट, शंकर ग्रुपका सञ्चालक सुलभ अग्रवाल र शंकरलाल अग्रवाल, सन्दीप चाचन अग्रवाल र अमित मोर सहितलाई प्रतिवादी कायम गरिएको छ । सन्दीप चाचन ब्रोकिङ कम्पनी दलाल नम्बर ५५ को अध्यक्ष हुन् ।
हिमालयन रि–इन्स्योरेन्स सहितका कम्पनीहरूको रकम दुरुपयोग गरेर सम्पत्ति शुद्धीकरण गरेको कसुरमा उनीहरुविरुद्ध मुद्दा दर्ता गरेको हो । सम्पत्ति शुद्धीकरण मुद्दामा अनुसन्धान गर्न दीपक भट्टलाई चैत १९ मा पक्राउ गरिएको थियो । शंकर ग्रुपका सञ्चालक सुलभ अग्रवाल चैत २२ मा पक्राउ परेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बीमाले नसमेट्ने राहतका लागि छुट्टै कोष बनाउने अर्थमन्त्रीकाे आश्वासन
-
इरान युद्धपछि पहिलो पटक भेट्दै ट्रम्प र नेतन्याहू, आणविक कार्यक्रमदेखि गाजा र लेबनानसम्म छलफल हुने
-
९२ वर्षमा पनि थाकेका छैनन् हातहरू : तीन पुस्ताको प्रसूति गराउने डाक्टर
-
गगन थापाको घोषणा कार्यान्वयन नहुँदै अस्ताए गोपालमान
-
फिल्म ‘फलानो ढिस्कानो’ निर्माण हुने, मुख्य भूमिकामा साइग्रेस
-
एकैदिन ४२ विपद्का घटना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण