नेपाल वायुसेवा निगमको सञ्चालक सदस्य छनोट प्रक्रियाविरुद्धको रिट न्यायाधीश ढुङ्गाना र थापाको इजलासमा
सारांश
- नेपाल वायुसेवा निगमको सञ्चालक सदस्य छनोट प्रक्रियाविरुद्धको रिट सर्वोच्च अदालतका न्यायाधीशद्वय टेकप्रसाद ढुङ्गाना र शान्तिसिंह थापाको इजलासमा सुनुवाइका लागि पेसी तोकिएको छ ।
- उपेन्द्र बहादुर कार्कीले मन्त्रालयले योग्यताक्रम र मापदण्ड मिचेर गैरकानूनी रूपमा अन्य व्यक्तिहरूलाई छनोट गरेको दाबी गर्दै रिट दायर गरेका थिए ।
- यसअघि अदालतले निगमको छनौट समिति सदस्यको प्रक्रिया तत्काल नबढाउन अन्तरिम आदेश जारी गर्दै मुद्दालाई अग्राधिकारमा राखेर सुनुवाइ गर्न आदेश दिएको थियो ।
काठमाडौँ । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को सञ्चालक समिति सदस्य छनोट गर्ने प्रक्रियाविरुद्धको रिट सर्वोच्च अदालतमा सुनुवाइका लागि पेसी तोकिएको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय टेकप्रसाद ढुङ्गाना र शान्तिसिंह थापाको इजलासमा सुनुवाइका लागि पेसी तय भएको हो ।
काठमाडौँ महानगरपालिका वडा नं. ३१ का उपेन्द्र बहादुर कार्कीले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई विपक्षी बनाउँदै रिट दायर गरेका थिए । रिट निवेदक कार्कीले आफू उक्त छनोट प्रक्रियाको प्रस्तुतीकरण र अन्तर्वार्तामा सहभागी भई उत्कृष्ट प्रस्तुति दिएको तर मन्त्रालयले योग्यताक्रम र तोकिएको मापदण्ड मिचेर गैरकानूनी रूपमा अन्य व्यक्तिहरूलाई छनोट गरेको दाबी गरेका थिए ।
निगमको सञ्चालक सदस्य नियुक्तिका लागि २०८० वैशाख १२ गते सूचना प्रकाशित गरिएको थियो । जसमा ५० पूर्णाङ्कको मूल्याङ्कन आधार तोकिएको थियो (शैक्षिक योग्यता: ८, अनुभव: ६, व्यावसायिक कार्ययोजना: १५, प्रस्तुतीकरण: १५ र अन्तर्वार्ता: १० अंक) ।
यसअघि गत जेठ २२ मा अदालतले वायु सेवा निगमको छनौट समिति सदस्य तत्काल अघि नबढाउन सरकारका नाममा अन्तरिम आदेश जारी गरेको थियो । साथै अदालतले यो मुद्दालाई अग्राधिकारमा राखेर सुनुवाइ गर्न आदेश दिएको थियो । आदेशमा भनिएको छ, मन्त्रालयले सूचनामा ५० पूर्णाङ्कको मूल्याङ्कनका आधारमा योग्यताक्रम अनुसार नियुक्ति गर्ने भनेको थियो ।
तर, २०८० वैशाख ३१ मा मन्त्रीस्तरबाट भएको ५ जना सदस्यको छनोटमा उक्त सूचना बमोजिमको योग्यताक्रम र मापदण्ड पालना भएको देखिएन । अदालतले सर्वोच्च अदालत नियमावली, २०७४ को नियम ४९ बमोजिम नियुक्ति प्रक्रियाका सम्पूर्ण कामकारबाही रोकी 'यथास्थिति' मा राख्न भनिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पेसागत संगठन तथा ट्रेड युनियनहरू खारेजविरुद्ध परेको रिटमा अन्तरिम आदेश दिन अस्वीकार
-
ललितपुरमा महिला उद्यमी सम्मेलन तथा उत्पादन व्यापार मेला, तस्बिरहरू
-
मानिसमा पहिलो पटक ‘रिभर्स एजिङ’ औषधि परीक्षण, बुढ्यौली उल्ट्याउने दाबी
-
काभ्रेमा बस दुर्घटना अपडेट : घाइते १७ जनालाई धुलिखेल अस्पतालमा ल्याइयो
-
नेपाली बजारमा भित्रियो आधुनिक किया के३ सेल्टोस, यस्ता छन् विशेषता र मूल्य
-
भारत बालेनसँग खुसी छैन, रविले नेपालको नेतृत्व गरुन् भन्ने चाहन्छ : बादल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण