ट्रेड युनियनहरू खारेज विरुद्धको रिटमा सुनुवाइ सुरु
शुक्रबार, २९ जेठ २०८३, १० : २९
सारांश
- सरकारले निजामती कर्मचारी, शिक्षक तथा अन्य सरकारी संघ संस्थामा रहेका ट्रेड युनियनहरू खारेज गरेकोविरुद्ध परेको रिट सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाइ सुरु भएको छ ।
- नेपाल निजामती कर्मचारी सङ्गठनका अध्यक्ष भवानी दाहालसहितले दायर गरेको रिट प्रधानन्यायाधीश डा मनोजकुमार शर्मासहितको संवैधानिक इजलासमा 'हेर्दाहेर्दैमा' राखिएको छ ।
- सरकारले अध्यादेशमार्फत ट्रेड युनियनहरू खारेज गरेपछि निजामती सङ्गठनहरूले संविधानले दिएको अधिकार खोसिएको भन्दै रिट दायर गरेका थिए ।
काठमाडौँ । सरकारले निजामती कर्मचारीहरूका पेशागत सङ्गठन तथा ट्रेड युनियनहरू खारेज गरेकोविरुद्ध परेको रिट सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाइ सुरु भएको छ ।
नेपाल निजामती कर्मचारी सङ्गठन अध्यक्ष भवानी दाहालसहितले दायर गरेको रिट प्रधानन्यायाधीश डा मनोजकुमार शर्मा, न्यायाधीशहरू डा. नहकुल सुवेदी, विनोद शर्मा, अव्दुल अजीज मुसलमान र महेश शर्मा पौडेलसहितको संवैधानिक इजलासमा 'हेर्दाहेर्दैमा' राखेर सुनुवाइ भइरहेको छ ।
उक्त रिटमा यसअघि संवैधानिक इजलासले अल्पकालीन अन्तरिम आदेश जारी गर्दै दुवै पक्षलाई छलफलमा बोलाएको थियो ।
सरकारले अध्यादेशमार्फत निजामती कर्मचारी, शिक्षक तथा अन्य सरकारी संघ संस्थामा रहेका ट्रेड युनियनहरू खारेज गरेको थियो । निजामती सङ्गठनहरूले संविधानले दिएको अधिकार खोसिएको भन्दै रिट दायर गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रिय गुप्तचर प्रमुखमा ट्रम्पले गरे जे क्लेटनलाई मनोनयन
-
रियान परागको दायाँ काँधको शल्यक्रिया सफल, केही समय मैदान बाहिर रहने
-
सन् २०२७ को क्रिकेट विश्वकपको मिति तय : १४ टोली भिड्ने, दक्षिण अफ्रिकाले धेरै खेल आयोजना गर्ने
-
लागुऔषधसहित ३३ जना पक्राउ
-
गोदावरी नदीमा बगेर दुई महिलाको मृत्यु
-
इरानी आप्रवासीहरूलाई मध्य अफ्रिकी गणतन्त्र पठाउने तयारीमा अमेरिका
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण