कालिकोटमा भारतको सहयोगमा विद्यालय भवन शिलान्यास
सारांश
- कालिकोट जिल्लाको सान्नीत्रिवेणी गाउँपालिकामा भारत सरकारको करिब ९ करोड ३० लाख रुपैयाँ सहयोगमा श्री जनज्योति माध्यमिक विद्यालयको नयाँ भवन शिलान्यास गरिएको छ।
- यो परियोजना कालिकोट जिल्लाकै पहिलो उच्च प्रभाव सामुदायिक विकास परियोजना हो, जसले विद्यार्थी र शिक्षकका लागि सिकाइ वातावरण सुधार गर्ने अपेक्षा गरिएको छ।
- नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भिडियो सन्देशमार्फत शुभकामना दिँदै साझा विकासका लागि भारतको प्रतिबद्धता दोहोर्याएका छन्।
कालिकोट । कर्णाली प्रदेशको कालिकोट जिल्लास्थित सान्नीत्रिवेणी गाउँपालिका–४ मा श्री जनज्योति माध्यमिक विद्यालयको नयाँ भवन निर्माणका लागि शिलान्यास गरिएको छ। भारत सरकारको करिब ९ करोड ३० लाख नेपाली रुपैयाँ आर्थिक सहयोगमा यो विद्यालय भवन निर्माण हुन लागेको हो।
यो उच्च प्रभाव सामुदायिक विकास परियोजनाअन्तर्गत कालिकोट जिल्लाकै पहिलो आयोजना हो, जसको कार्यान्वयन सान्नीत्रिवेणी गाउँपालिकामार्फत गरिनेछ। भवन शिलान्यासको अवसरमा गाउँपालिकाका अध्यक्ष तथा अन्य सरोकारवालाहरूले भारतीय विकास सहयोगको प्रशंसा गर्दै नयाँ पूर्वाधारले विद्यार्थी र शिक्षकहरूका लागि सिकाइ वातावरण सुदृढ बनाउन ठुलो मद्दत पुग्ने विश्वास व्यक्त गरे।
नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले एक भिडियो सन्देशमार्फत परियोजनाका सम्पूर्ण सरोकारवालाहरूलाई शुभकामना दिँदै साझा विकास र समृद्धि हासिल गर्न नेपाल सरकार र नेपाली जनतासँग मिलेर काम गर्ने भारत सरकारको दृढ प्रतिबद्धता दोहोर्याए। उच्च प्रभाव सामुदायिक विकास परियोजना कार्यक्रम सुरु भएयता भारतले नेपालका ७ वटै प्रदेशका ७४ जिल्ला समेट्ने गरी करिब ६०० वटा परियोजनाहरू सञ्चालन गरिसकेको छ, जसमध्ये १८ वटा परियोजना कर्णाली प्रदेशमा छन्।
यसका साथै भारतले कर्णाली प्रदेशका स्वास्थ्य तथा शिक्षा क्षेत्रका लागि ५६ वटा एम्बुलेन्स र १४ वटा स्कुल बस उपहारस्वरूप प्रदान गरिसकेको छ, जसमा कालीकोटले मात्रै ४ वटा एम्बुलेन्स र २ वटा स्कुल बस पाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाल्पामा घरघरमै पुग्यो राहदानी सेवा
-
रास्वपा सुदूरपश्चिम प्रदेश अधिवेशनको तयारी के छ ?
-
सांसदसँग अर्थमन्त्रीले भने– ‘विनियोजन पातलै थियो, पढेर आउनुभएको भए हुन्थ्यो’
-
धादिङको नृसिंह धामलाई राष्ट्रिय सम्पदा घोषणा गरी ‘अन्डर वाटर टेम्पल’ बनाउन माग
-
दीपक भट्टविरुद्ध मुद्दा चल्दा वित्तीय क्षेत्रका ७ जना सीईओ निलम्बित
-
बजेटमा करको दर हेरफेरः अर्थमन्त्रीको धम्कीपूर्ण अभिव्यक्तिले बिच्किए सांसद
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण