ऊर्जा क्षेत्रमा आएको बजेट र नीति तथा कार्यक्रम स्वागतयोग्य : अध्यक्ष अग्रवाल
शुक्रबार, २९ जेठ २०८३, ११ : २९
सारांश
- नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश अग्रवालले ऊर्जा क्षेत्रमा आएको बजेट र नीति तथा कार्यक्रम स्वागतयोग्य रहेको बताएका छन्।
- उनले सरकारले ऊर्जा क्षेत्रको लागि ल्याएको नीति तथा कार्यक्रम र बजेट स्वागत योग्य रहेको र यसले विद्युत् व्यापार र प्रसारण लाइनमा निजी क्षेत्रलाई भित्र्याउने बताए।
- अध्यक्ष अग्रवालले नेपालको पानीलाई सुनको खानीको संज्ञा दिँदै नीति र नियतिको दलदलमा फसेको देशमा अपेक्षाकृत काम हुन नसकेको बताए।
काठमाडौँ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश अग्रवालले ऊर्जा क्षेत्रमा आएको बजेट र नीति तथा कार्यक्रम स्वागतयोग्य रहेको बताएका छन्।
इप्पानको २४औँ साधारणसभा तथा ८औँ अधिवेशनमा शुभकामना मन्तव्य दिँदै उनले यस्तो बताएका हुन् । सरकारले ऊर्जा क्षेत्रको लागि ल्याएको नीति तथा कार्यक्रम र बजेट स्वागत योग्य छ । विद्युत् व्यापार र प्रसारण लाइनमा निजी क्षेत्रलाई भित्र्याउने भनिएको छ। यसका साथै विभिन्न समस्याको समाधान गर्ने खालको बजेट आएकोले स्वागतयोग्य छ ।
नेपाल लामो समय देखि नीति र नियतिको दलदलमा फसेको बताए । ‘नीति र नियतिको दलदलमा बस्यो। नीति जहिले राम्रो आउने तर नियति राम्रो भएन,’ उनले भने, ‘त्यसैले नीति राम्रो आउने तर काम नहुने अवस्था आयो। अपेक्षाकृत काम हुन सकेन ।’
उनले नेपालको पानी भनेको सुनको खानी भएको समेत बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अध्ययन भिसा सिफारिस प्रकरणमा कर्मचारीको भूमिका छानबिन गर्न समिति गठन
-
कांग्रेस नीति प्रतिष्ठानद्वारा ५ विषयगत उपसमिति गठन
-
कश्मीरमा विरोध प्रदर्शन : मृत्यु हुनेको सङ्ख्या २० पुग्यो
-
भारत सरकारको साढे १४ करोड सहयोगमा हुम्लामा बन्ने भयो ‘नेपाल–भारत मैत्री अस्पताल’
-
इरानसँग सम्भावित सम्झौतामा हस्ताक्षर गर्ने तयारी
-
काभ्रे बस दुर्घटना : मृतकको संख्या ८ पुग्यो (अपडेट)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण