बजार
सुनको मूल्यमा भारी वृद्धि, प्रतितोला कति पुग्यो ?
शुक्रबार, २९ जेठ २०८३, ११ : ३६
सारांश
- नेपाली बजारमा आज सुन र चाँदीको मूल्यमा उल्लेख्य वृद्धि भएको छ।
- सुनको मूल्य प्रतितोला ५ हजार ३०० रुपैयाँले बढेर २ लाख ९२ हजार रुपैयाँ पुगेको छ।
- चाँदीको मूल्य १ सय ९० रुपैयाँले बढेर ४ हजार ८४० रुपैयाँ कायम भएको छ।
काठमाडौँ । नेपाली बजारमा सुन र चाँदीको मूल्यमा आज (शुक्रबार) उल्लेख्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुनको मूल्य एकैदिन प्रतितोला ५ हजार ३०० रुपैयाँले बढेको छ ।
बिहीबार प्रतितोला २ लाख ८६ हजार ७०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज बढेर २ लाख ९२ हजार रुपैयाँ पुगेको छ ।
सुनसँगै चाँदीको मूल्यमा पनि वृद्धि देखिएको छ। बिहीबार प्रतितोला ४ हजार ६५० रुपैयाँ रहेको चाँदी आज १ सय ९० रुपैयाँले बढेर ४ हजार ८४० रुपैयाँ कायम भएको छ।
अन्तर्राष्ट्रिय बजारमा हुने उतारचढावका कारण नेपाली बजारमा पनि सुनचाँदीको मूल्य प्रभावित भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिया, दूध र सुपारी किसानका समस्या समाधान गर्न कांग्रेस सचेतक राईको माग
-
वैवाहिक बलात्कार र डिभोर्स मुद्दा मेलमिलापमा गएपछि बाटो ढुकेर पत्नीको हत्या
-
चीन भ्रमणको कूटनीतिक टेबलमा ‘लिपुलेक–कालापानी’ उच्चारण गर्न खुश्बुको सुझाव
-
राष्ट्रसंघीय विज्ञहरूद्वारा अफगान प्रहरीले महिलामाथि गरेको दमनको निन्दा
-
केही नेपाल ऐन संशोधन विधेयकमाथि सर्वसाधारणसँग राय माग
-
असंलग्नता र समकालीन नेपालको भू–राजनीतिक सङ्कट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण