विनयी त्रिवेणीमा हावाहुरी र असिनापानीले धानबालीमा क्षति (तस्बिरहरू)
सारांश
- नवलपरासीको विनयी त्रिवेणी गाउँपालिकामा हावाहुरी र असिनापानीले भित्राउने तयारीमा रहेको धानबालीमा क्षति पुगेको छ।
- बगुवन र सिसेनी क्षेत्रमा ६३ घरपरिवार प्रभावित भएका छन् भने करिब १२ बिघा क्षेत्रफलमा काटेर राखिएको धानमा क्षति पुगेको छ।
- गाउँपालिकाले क्षतिको विवरण सङ्कलन गरी आवश्यक राहत तथा सहयोग उपलब्ध गराउने तयारी गरेको छ।
नवलपरासी । नवलपुर विनयी त्रिवेणी गाउँपालिका–१ को बगुवन र सिसेनी क्षेत्रमा हावाहुरीसहितको वर्षाले भित्राउने तयारीमा रहेको धानबालीमा ठुलो क्षति पुर्याएको छ । बगुवन र सिसेनी क्षेत्रमा ६३ घरपरिवार हावाहुरीबाट प्रभावित भएका छन् भने काटेर भित्र्याउने तयारीमा रहेको चैते धान खेतमै भिजेको छ ।
बगुवन क्षेत्रमा विगत ५० वर्षदेखि बसोबास गर्दै आएकी मिना विकले खेतमा काटेर भित्राउने तयारीमा राखेको धान भिज्नुका साथै हावाहुरीले घरको छाना उडाउँदा धान, चामल र लत्ताकपडा समेत भिजेको बताइन् ।

“पाँच कठ्ठामा लगाएको धान काटेर मुठा पार्दै गर्दा एक्कासि हावाहुरीसहित पानी पर्यो,” उनले भनिन्, “खेतमा धान जसोतसो कुन्यू लगाएर घर पुगेँ, घरमा पनि हावाले टिनको छाना उडाइदियो। धन्न ज्यान जोगियो।”

जिल्ला कृषि विकास कार्यालयका कृषि अर्थ विज्ञ सञ्जय ढकालका अनुसार बगुवन क्षेत्रमा करिब सात बिघा क्षेत्रफलमा काटेर राखिएको धानमा क्षति पुगेको छ। अधिकांश किसानले धान भित्र्याइसके पनि करिब ३० प्रतिशत धान अझै खेतमै रहेकाले त्यसमा क्षति पुगेको उनले बताए।

त्यस्तै, सिसेनी क्षेत्रमा करिब ५ बिघा क्षेत्रफलमा काटेको पचास प्रतिशत क्षति भएको छ भने पैँतिस बिघामा नकाटिएको धानबाली असिना पानीका कारण प्रभावित भएको ढकालले जानकारी दिए ।

विनयी त्रिवेणी गाउँपालिका अध्यक्ष घनश्याम गिरीका अनुसार मंगलबार आएको हावाहुरीका विस लाख बराबरको क्षति पुगेको अनुमान गरिएको छ ।

यहाँको सिसेनीमा २३, बगुवनमा ४०, ज्योगीकुटीमा १ र तल्लो ज्यामिरे ७ र पुरानो बस्तीमा २ गरी ७३ घरपरिवार प्रभावित भएका छन्। प्रभावित परिवारको घरका छाना उड्नुका साथै अन्नपात, लत्ताकपडा र अन्य सामग्रीमा समेत क्षति पुगेको छ । गाउँपालिकाले क्षतिको विवरण सङ्कलन गर्दै आवश्यक राहत तथा सहयोग उपलब्ध गराउने तयारीमा रहेको उनले बताए ।





खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पेसागत संगठन तथा ट्रेड युनियनहरू खारेजविरुद्ध परेको रिटमा अन्तरिम आदेश दिन अस्वीकार
-
ललितपुरमा महिला उद्यमी सम्मेलन तथा उत्पादन व्यापार मेला, तस्बिरहरू
-
मानिसमा पहिलो पटक ‘रिभर्स एजिङ’ औषधि परीक्षण, बुढ्यौली उल्ट्याउने दाबी
-
काभ्रेमा बस दुर्घटना अपडेट : घाइते १७ जनालाई धुलिखेल अस्पतालमा ल्याइयो
-
नेपाली बजारमा भित्रियो आधुनिक किया के३ सेल्टोस, यस्ता छन् विशेषता र मूल्य
-
भारत बालेनसँग खुसी छैन, रविले नेपालको नेतृत्व गरुन् भन्ने चाहन्छ : बादल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण