कक्षा १२ को नतिजा असार दोस्रो साताभित्र सार्वजनिक गर्ने तयारी
शुक्रबार, २९ जेठ २०८३, १२ : ०४
सारांश
- राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा असार दोस्रो साताभित्र सार्वजनिक गर्ने तयारी थालेको छ ।
- उत्तर पुस्तिका परीक्षणको काम सकिएको छ र इन्ट्री रुजुको काम भइरहेको छ ।
- गत वैशाख १४ गतेदेखि भएको परीक्षामा चार लाख १८ हजार जना सहभागी भएका थिए ।
काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा असार दोस्रो साताभित्र सार्वजनिक गर्ने तयारी थालेको छ ।
बोर्डका अनुसार परीक्षा नतिजा सार्वजनिकका लागि सबै कामहरू लगभग अन्तिम चरणमा पुगेका छन् ।
बोर्डकी प्रवक्ता जयन्ती सत्यालले उत्तर पुस्तिका परीक्षणको काम सकिएको बताइन् । सत्यालले भनिन्, ‘नतिजा प्रकाशनको तयारी अन्तिम चरणमा पुगेको छ । उत्तर पुस्तीका परीक्षण सकिएको छ । इन्ट्री रुजुको काम भइरहेको छ । सम्भवतः असारको पहिलो हप्ता नभए दोस्रो साताभित्र सार्वजनिक गर्ने गरी काम अघि बढाएका छौँ ।’ कक्षा १२ को परीक्षा गत वैशाख १४ गतेदेखि भएको थियो ।
परीक्षामा चार लाख १८ हजार जना सहभागी भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाल्पामा घरघरमै पुग्यो राहदानी सेवा
-
रास्वपा सुदूरपश्चिम प्रदेश अधिवेशनको तयारी के छ ?
-
सांसदसँग अर्थमन्त्रीले भने– ‘विनियोजन पातलै थियो, पढेर आउनुभएको भए हुन्थ्यो’
-
धादिङको नृसिंह धामलाई राष्ट्रिय सम्पदा घोषणा गरी ‘अन्डर वाटर टेम्पल’ बनाउन माग
-
दीपक भट्टविरुद्ध मुद्दा चल्दा वित्तीय क्षेत्रका ७ जना सीईओ निलम्बित
-
बजेटमा करको दर हेरफेरः अर्थमन्त्रीको धम्कीपूर्ण अभिव्यक्तिले बिच्किए सांसद
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण