इप्पानको सचिवमा घिमिरेको उम्मेदवारी
काठमाडौँ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान)को सचिव पदमा कृष्ण प्रसाद घिमिरेले उम्मेदवारी घोषणा गरेका छन् । शुक्रबारदेखि सुरु भएको २४औँ वार्षिक साधारण सभाबाट निर्वाचित हुने नयाँ कार्यसमितिका लागि उनले बलराम खतिवडा नेतृत्वको प्यानलबाट सचिव पदमा उम्मेदवारी दिएका हुन् ।
घिमिरे ऊर्जा क्षेत्रका सक्रिय उद्यमी तथा विकास हाइड्रोपावर, बुढीगण्डकी हाइड्रोपावर र साङ्ग्रिला हाइड्रोपावरको प्रबन्ध निर्देशक तथा सफल व्यवसायीका रूपमा परिचित छन् । ऊर्जा उत्पादन तथा निजी क्षेत्रको लगानी विस्तारका विषयमा लामो समयदेखि सक्रिय घिमिरेले संस्थाको सङ्गठनात्मक क्षमता अभिवृद्धि र सदस्यहरूको हित संरक्षणलाई प्राथमिकतामा राख्ने बताए ।
नीति तथा नियमन सुधार, लगानी प्रवर्द्धन र वित्तीय पहुँच, समन्वय र सहकार्य, ऊर्जा व्यापार र बजार विस्तार, दिगो विकास र वातावरण संरक्षण र सदस्य हित संरक्षण
सदस्य क्षमता अभिवृद्धि खतिवडा नेतृत्वको प्यानलको एजेन्डा भएको उल्लेख गर्दै घिमिरेले आफूले यही एजेन्डालाई सफल बनाउन सचिवको रूपमा कार्य गर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दीपक भट्टविरुद्ध मुद्दा चल्दा ७ जना बीमा कम्पनी नेतृत्वविहीन
-
बजेटमा करको दर हेरफेरः अर्थमन्त्रीको धम्कीपूर्ण अभिव्यक्तिले बिच्किए सांसद
-
परराष्ट्रमन्त्री खनाल आइतबार चीन भ्रमणमा जाँदै, यस्तो छ कार्यतालिका
-
इरान युद्धले विश्व आर्थिक वृद्धिदर सुस्त बनाउने चेतावनी
-
रास्वपा प्रदेश अधिवेशनस्थल बाहिर ‘जेन्जी आन्दोलन दबाब समूह’ को धर्ना
-
ट्रम्पको युद्ध अन्त्य घोषणापछि सुन र तेलको मूल्यमा 'यू-टर्न'
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण