ट्रम्पको युद्ध अन्त्य घोषणापछि सुन र तेलको मूल्यमा 'यू-टर्न'
सारांश
- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्ध अन्त्यको घोषणा गरेपछि सुनको मूल्य बढेको छ ।
- यसअघि इरानले अमेरिकी विमान खसालेपछि सुनको मूल्यमा गिरावट आएको थियो भने कच्चा तेलको मूल्य बढेको थियो ।
- युद्ध अन्त्यको घोषणापछि कच्चा तेलको मूल्य भने घटेको छ ।
काठमाडौँ । सुन र तेल दुवैको मूल्य फेरि पुरानै बाटो समातेका छन् । इरान–अमेरिका युद्ध अन्त्यको घोषणासँगै सुनको मूल्य बढ्न थालेको हो भने कच्चा तेलको मूल्य घटेको हो ।
बुधबार इरानले एउटा अमेरिकी विमानलाई खसालेको भन्दै अमेरिकाले इरानमाथि आक्रमण गरेसँगै विश्व बजारमा दुवै वस्तुको मूल्यमा यूटर्न देखिएको थियो । यस अनुसार सुनको मूल्यमा उच्च गिरावट आएको थियो भने कच्चा तेलको मूल्य बढेको थियो ।
तर, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुई देशबिचको युद्ध अन्त्य भएको भन्ने अभिव्यक्ति दिएपछि अहिले सुनको मूल्य उकालो लाग्न थालेको छ । यो समाचार तयार पार्दासम्म सुनको मूल्य १.९२ प्रतिशतले बढेर प्रतिऔंस मूल्य ४ हजार १७७ अमेरिकी डलर पुगेको छ । यो मूल्य बिहीबार ४१ सय भन्दा तल थियो ।
त्यस्तै, चाँदीको मूल्य ३.३५ प्रतिशतले बढेर ६६.०७ अमेरिकी डलर पुगेको छ ।
उता कच्चा तेलतर्फ डब्ल्यूटीआई बजारको मूल्य प्रतिब्यारेल १.५६ प्रतिशतले घटेर ८६ डलरसम्म झरेको छ । ब्रेन्ट क्रुड आयलको मूल्य समेत १.७४ प्रतिशतले घटेर ८८.८१ अमेरिकी डलरमा कायम भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँमा अतिक्रमित १ हजार ८५९ रोपनी जग्गा खाली गर्न बाटो खुला
-
सेयर बजारमा झिनो गिरावट, कारोबार रकम ४ अर्ब ३४ करोडभन्दा माथि
-
भारतले नेपालमा राजनीतिक नियुक्तिमार्फत राजदूत पठाउने
-
वामपन्थी नेता मोहनचन्द्र अधिकारीको ‘जगेडा जिन्दगी’ पुस्तक सार्वजनिक हुने
-
ग्लोबल आइएमई बैंकको सञ्चालक समिति सदस्यमा पूर्वआयुक्त भट्टराई नियुक्त
-
काभ्रेमा बस दुर्घटना, ७ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण