शुक्रबार, २९ जेठ २०८३
ताजा लोकप्रिय

‘अहिलेको बजेटले २५ वर्षमा पनि राष्ट्रिय गौरवका आयोजना सकिँदैनन्’

शुक्रबार, २९ जेठ २०८३, १३ : ३९
शुक्रबार, २९ जेठ २०८३

सारांश

  • नेकपा एमालेका सांसद पुष्पराज कँडेलले सरकारको अहिलेको विनियोजनले आगामी २५ वर्षमा पनि राष्ट्रिय गौरवका आयोजना सम्पन्न नहुने बताएका छन् ।
  • राष्ट्रिय स्वतन्त्र पार्टीको वाचापत्रमा २ वर्षभित्र सबै निर्माणाधिन राष्ट्रिय गौरवका आयोजनाको निर्माण सिद्ध्याउने लक्ष्य राखे पनि बजेटले त्यस्तो नदेखाएको उनले बताए ।
  • मध्य पहाडी र कर्णाली राजमार्गको उदाहरण दिँदै उनले २ अर्ब र १ अर्बको बजेटले वर्षौँसम्म पनि आयोजना सम्पन्न हुन सम्भव नरहेको बताए ।

काठमाडौँ । नेकपा एमालेका सांसद पुष्पराज कँडेलले सरकारको अहिलेको विनियोजनले आगामी २५ वर्षमा पनि राष्ट्रिय गौरवका आयोजना सम्पन्न नहुने बताएका छन् । 

राष्ट्रिय स्वतन्त्र पार्टीको वाचापत्रमा २ वर्षभित्र सबै निर्माणाधिन राष्ट्रिय गौरवका आयोजनाको निर्माण सिद्ध्याउने लक्ष्य राखे पनि बजेटले त्यस्तो नदेखाएको बताएका हुन् । 

प्रतिनिधि सभाको शुक्रबार बसेको बैठकमा बोल्दै उनले बजेटमा कुनै कार्यक्रम समावेश नै नभएको र भएमा आयोजनामा पनि निकै कम बजेट विनियोजन भएको बताए । मध्य पहाडी र कर्णाली राजमार्गको उदाहरण दिँदै यसलाई २ अर्ब र १ अर्बको बजेटले वर्षौँसम्म पनि आयोजना सम्पन्न हुन सम्भव नरहेको बताए । उनले अर्थ मन्त्रालयले विभिन्न शीर्षकमा ५ खर्ब बजेटको राखेको भन्दै यो समेत प्रस्ट हुन नसकेको धारणा राखे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप