हर्कराज राईको प्रश्न– नेपाली सेना सिमानामा जान के अप्ठ्यारो छ ?
सारांश
- सांसद हर्कराज राईले सीमा रक्षाका लागि नेपाली सेना परिचालन नगरिएको भन्दै सरकारसँग प्रश्न गरेका छन् ।
- उनले सुस्ता क्षेत्रमा भारतीय सुरक्षा बलले नेपाली नागरिकहरूलाई हप्कीदप्की गर्ने गरेको भिडियो सार्वजनिक हुँदा पनि सरकार मौन बसेको आरोप लगाए ।
- राईले राष्ट्रियताको विषयलाई पहिलो प्राथमिकतामा राख्नुपर्ने र विगतका राष्ट्रघात तथा सीमा मिचिएका घटनाहरूको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्नुपर्ने माग गरेका छन् ।
काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्षसमेत रहेका सांसद हर्कराज राईले नेपालको सिमाना रक्षाका लागि नेपाली सेनालाई किन परिचालन नगरिएको भन्दै सरकारसँग प्रश्न गरेका छन् । प्रतिनिधिसभाको शुक्रबारको बैठकमा आकस्मिक समयमा सांसद राईले सुस्ता लगायतका क्षेत्रमा नेपाली नागरिकहरू भारतीय सुरक्षा बलसँग हप्कीदप्की खाँदै निहत्था लडिरहेको भन्दै रक्षामन्त्रीको ध्यानाकर्षण गराए ।
सांसद राईले सुस्तामा नेपाली दाजुभाइहरूलाई एसएसबीले हप्काउने र दप्काउने गरेको भिडियोहरू सार्वजनिक भइरहँदा पनि सरकार मूकदर्शक बनेको आरोप लगाए । ‘हाम्रो नेपाली सेना सिमानामा जानै नहुने त्यस्तो के कसम खाएको छ ? नेपाल सरकारले सिमानामा सेना पठाउन नमिल्ने के त्यस्तो सन्धि वा सम्झौता गरेको छ ? त्यो सन्धिपत्र संसद्मा देखाइयोस्,’ राईले भने ।
संविधानको धारा २७ बमोजिम सूचनाको हक प्रयोग गर्दै उनले सीमा सुरक्षाको वास्तविकता स्पष्ट पार्न सरकारसँग आग्रह गरे ।
संसद्मा भइरहेको बजेट र अन्य भ्रष्टाचारका विषयमाथिको छलफललाई ‘आन्तरिक’ भन्दै राईले राष्ट्रियताको विषयलाई पहिलो प्राथमिकतामा राख्नुपर्ने बताए । ‘बजेट, बीवाइडी कर छली, वा संसदीय छानबिन समितिका कुराहरू आन्तरिक र दोस्रो प्राथमिकताका विषय हुन्,’ राईले भने, ‘हाम्रो पहिलो प्राथमिकता सिमाना नै हुनुपर्छ। भूगोल र माटो बिनाको देश सम्भव छैन।’
सांसद राईले विगतमा भएका सबै राष्ट्रघात र सीमा मिचिएका घटनाहरूको निष्पक्ष छानबिन हुनुपर्ने बताए ।
‘दोषी जोसुकै होस्, अनुहार र नाम नहेरी कारबाहीको प्रक्रिया अगाडि बढाइयोस्,’ राईले भने, ‘विगतमा कसले राष्ट्रघात गर्यो र कसले सिमाना मिच्न दियो, ती सबैको हिसाब किताब हुनुपर्छ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धादिङको नृसिंह धामलाई राष्ट्रिय सम्पदा घोषणा गरी ‘अन्डर वाटर टेम्पल’ बनाउन माग
-
दीपक भट्टविरुद्ध मुद्दा चल्दा वित्तीय क्षेत्रका ७ जना सीईओ निलम्बित
-
बजेटमा करको दर हेरफेरः अर्थमन्त्रीको धम्कीपूर्ण अभिव्यक्तिले बिच्किए सांसद
-
परराष्ट्रमन्त्री खनाल आइतबार चीन भ्रमणमा जाँदै, यस्तो छ कार्यतालिका
-
इरान युद्धले विश्व आर्थिक वृद्धिदर सुस्त बनाउने चेतावनी
-
रास्वपा प्रदेश अधिवेशनस्थल बाहिर ‘जेन्जी आन्दोलन दबाब समूह’ को धर्ना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण