शुक्रबार, २९ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

आईपीओ अघि नै मस्कको स्पेसएक्सले जुटायो ७५ अर्ब डलर

शुक्रबार, २९ जेठ २०८३, १२ : १२
शुक्रबार, २९ जेठ २०८३

सारांश

  • अमेरिकी अन्तरिक्ष तथा एआई कम्पनी स्पेसएक्सले शेयर बजारमा डेब्यू अघि नै ७५ अर्ब अमेरिकी डलर जुटाएको छ ।
  • शुक्रबार कम्पनी शेयर बजारमा सूचिकृत हुँदैछ र अमेरिकी इतिहासकै सबैभन्दा ठूलो आईपीओ हुने अपेक्षा गरिएको छ ।
  • यस आईपीओपछि स्पेसएक्सका संस्थापक एलन मस्क विश्वकै पहिलो ट्रिलियनर बन्ने अनुमान गरिएको छ ।

क्यालिफोर्निया । अमेरिकी अन्तरिक्ष तथा एआई कम्पनी स्पेसएक्सले शेयर बजारमा डेब्यू अघि नै ७५ अर्ब अमेरिकी डलर जुटाएको छ । शुक्रबार कम्पनी शेयर बजारमा सूचिकृत हुँदैछ । योसँगै स्पेशएक्स अमेरिकी इतिहासकै सबैभन्दा ठूलो आईपीओ हुने अपेक्षा गरिएको छ । अमेरिकी शेयर नियामकलाई बुझाएको फाइलिङमा कम्पनीले प्रतिकित्ता शेयर १३५ डलरमा बेच्न लागेको बताइएको छ ।

गत हप्ता कम्पनीले शेयर बजारमा कम्पनीको बजार पूँजीकरण १८ खर्ब डलर पुग्ने प्रक्षेपण गरेको थियो । यस्तो भयो भने स्पेसएक्सका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत एलन मस्क विश्वकै पहिलो ‘ट्रिलियनर’ (१० खर्ब डलरभन्दा बढीको सम्पत्ति भएका व्यक्ति) बन्नेछन् । उनी अहिले नै विश्वको सबैभन्दा धनी व्यक्ति हुन् ।

शुक्रबारदेखि कम्पनीका शेयरहरू अमेरिकी प्रविधिमुखी शेयर बजार नास्डाक मा कारोबार हुनेछन् । लगानीकर्ताको माग र उपलब्ध शेयरको आधारमा मूल्य घटबढ हुन सक्छ । 

केही वित्तीय विश्लेषकहरूले स्पेसएक्सको शेयर मूल्य अझ बढ्न सक्ने अनुमान गरेका छन् । ब्रोकरेज कम्पनी ओपेनहाइमरले कम्पनीको शेयर मूल्य प्रति शेयर १९० डलरसम्म पुग्न सक्ने प्रक्षेपण गरेको छ ।

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप