दीपक भट्टविरुद्ध मुद्दा चल्दा वित्तीय क्षेत्रका ७ जना सीईओ निलम्बित
सारांश
- दीपक भट्टसँग सम्बन्धित मुद्दाका कारण ७ जना बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) निलम्बित भएका छन् ।
- सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले विशेष अदालतमा दायर गरेको मुद्दाका कारण दुई पुनर्बीमा र पाँच लघुबीमा कम्पनीका सीईओ निलम्बनमा परेका हुन् ।
- यसमा नेपाल बीमा प्राधिकरणका पूर्वअध्यक्षहरु समेत मुछिएका छन् र मुद्दाको अन्तिम टुङ्गो नलागेसम्म उनीहरु पदमा फर्किन पाउने छैनन् ।
काठमाडौँ । दीपक भट्टसँग सम्बन्धित मुद्दाका कारण वित्तीय क्षेत्रका ७ जना प्रमुख कार्यकारी अधिकृतहरु (सीईओ) निलम्बित भएका छन् ।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले बिहीबार विशेष अदालतमा दायर गरेको सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दाले दुई पुनर्बीमा कम्पनी र लघु बीमा कम्पनीहरूका प्रमुख कार्यकारी निलम्बित भएका हुन् । यसबाहेक बीमा प्राधिकरणको पूर्व नेतृत्व समेत जोडिएका छन् ।
निलम्बनमा पर्नेहरूमा दुई पुनर्बीमा कम्पनी र ५ वटा लघुबीमा कम्पनीका सीईओ छन् । नेपाल रिइन्स्योरेन्सका सीईओ सुरेन्द्र थापा, हिमालयन रिइन्स्योरेन्सकी सीईओ उपासना पौडेलविरुद्ध मुद्दा दायर भएसँगै उनीहरू निलम्बनमा परेका हुन् ।
त्यस्तै, लिबर्टी माइक्रो लाइफका सीईओ रामकुमार यादव र क्रेष्ट माइक्रोका सीईओ प्रतापमान श्रेष्ठ रहेका छन् । यस्तै, प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सका सीईओ नरेश कुमार रोका, गार्डियन माइक्रो लाइफका सीईओ चिरायू भण्डारी र नेपाल माइक्रो इन्स्योरेन्सका सीईओ मृगेन्द्रनाथ रिमाल पनि यो सूचीमा समावेश छन् । मुद्दाको अन्तिम टुङ्गो नलागेसम्म उनीहरू पदमा फर्किन पाउने छैनन् ।
त्यस्तै, नेपाल बीमा प्राधिकरणका पूर्वअध्यक्ष समेत रहेका सहसचिव मदन दाहाल समेत निलम्बनमा परेका छन् भने अर्का पूर्वअध्यक्ष शरद ओझामाथि पनि मुद्दा दायर भएको छ ।
अहिले कुनै पनि सार्वजनिक पदमा रहेका व्यक्तिमाथि फौजदारी कसुरमा मुद्दा दायर भएको अवस्थामा मुद्दाको टुङ्गो नलागेसम्म उक्त व्यक्ति पदबाट निलम्बित हुने व्यवस्था छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारका गतिविधिहरू ‘छलकपटपूर्ण’ : झाँक्री
-
रूस र युक्रेनकाे सीमा क्षेत्रमा भएकाे आक्रमणमा ३ जनाको मृत्यु
-
सरुवा भएका प्रहरी निरीक्षकहरूलाई महानिरीक्षक कार्कीको निर्देशन, ‘व्यक्तिगत स्वार्थ त्यागेर नागरिक केन्द्रित बनौँ’
-
इन्टरनेटमा भाइरल चीनकी ७४ वर्षीया ‘फेसन हजुरआमा’
-
रास्वपाको लुम्बिनी प्रदेश अधिवेशन : सभापतिमा को–को आकाङ्क्षी ?
-
मालवाहक सवारीको ब्लु बुकमा अब भारवहन क्षमता अनिवार्य खुलाउनुपर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण