धादिङको नृसिंह धामलाई राष्ट्रिय सम्पदा घोषणा गरी ‘अन्डर वाटर टेम्पल’ बनाउन माग
सारांश
- नेपाली कांग्रेसकी सांसद सिता थपलिया उर्मिलाले धादिङको नृसिंह धामलाई राष्ट्रिय सम्पदा घोषणा गरी 'अन्डर वाटर टेम्पल' बनाउन माग गरेकी छन् ।
- बुढीगण्डकी जलविद्युत् आयोजनाको निर्माणले सङ्कटमा पर्न सक्ने यो धाम आध्यात्मिक र सांस्कृतिक दृष्टिले महत्त्वपूर्ण तीर्थस्थल हो ।
- सांसद थपलियाले यस धामलाई अन्तर्राष्ट्रिय धार्मिक–पर्यटकीय केन्द्रका रूपमा विकास गर्न र विशेष संरक्षण कार्यक्रम सञ्चालन गर्न सरकारसँग आग्रह गरेकी छन् ।
काठमाडौँ । नेपाली कांग्रेसकी सांसद सिता थपलिया उर्मिलाले धादिङ जिल्लाको त्रिपुरासुन्दरी गाउँपालिका–१ मा अवस्थित नृसिंह धामको संरक्षण र विकासका लागि सरकारको गम्भीर ध्यानाकर्षण गराएकी छन् ।
बुढीगण्डकी र नेत्रावती नदीको पवित्र संगममा रहेको यो धाम आध्यात्मिक र सांस्कृतिक दृष्टिले नेपालकै महत्त्वपूर्ण तीर्थस्थल भएको बताउँदै थपलियाले बुढीगण्डकी जलविद्युत् आयोजनाको निर्माणसँगै यस क्षेत्रका ऐतिहासिक र धार्मिक सम्पदाहरू सङ्कटमा पर्न सक्ने बताइन् ।
थपलियाले यस धामलाई ‘अन्डर वाटर टेम्पल’ (पानीमुनिको मन्दिर) को अवधारणाअन्तर्गत विकास गरी अन्तर्राष्ट्रिय धार्मिक–पर्यटकीय केन्द्र बनाउन सकिने पनि बताइन् । ‘बुढीगण्डकी आयोजनासँग समन्वय गरी यसको दीर्घकालीन संरक्षण र व्यवस्थापनको विशेष योजना ल्याउन जरुरी छ,’ थपलियाले भनिन् ।
पुरुषोत्तम महामहोत्सवको उदाहरण दिँदै उनले २८ दिनको अवधिमा मात्रै २६ लाखभन्दा बढी भक्तजनले धामको दर्शन गरेको जानकारी दिइन् । सभामुखदेखि शीर्ष नेताहरू र मन्त्रीहरूको समेत सहभागिताले यसको महत्त्व पुष्टि गरेको उनको भनाइ थियो ।
सांसद थपलियाले नृसिंह धामलाई राष्ट्रिय धार्मिक–सांस्कृतिक सम्पदा घोषणा गरी विशेष संरक्षण कार्यक्रम सञ्चालन गर्न, सामवेदीय समावेशी गुरुकुलका लागि सरकारी दरबन्दी र संस्थागत सहयोगको व्यवस्था गर्न र बुढीगण्डकी परियोजनासँग समन्वय गरी यस धामलाई अन्तर्राष्ट्रिय स्तरको धार्मिक–पर्यटकीय केन्द्रका रूपमा विकास गर्ने योजना अघि बढाउन पनि सभामुखमार्फत सरकारसँग आग्रह गरिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रूस र युक्रेनकाे सीमा क्षेत्रमा भएकाे आक्रमणमा ३ जनाको मृत्यु
-
सरुवा भएका प्रहरी निरीक्षकहरूलाई महानिरीक्षक कार्कीको निर्देशन, ‘व्यक्तिगत स्वार्थ त्यागेर नागरिक केन्द्रित बनौँ’
-
इन्टरनेटमा भाइरल चीनकी ७४ वर्षीया ‘फेसन हजुरआमा’
-
रास्वपाको लुम्बिनी प्रदेश अधिवेशन : सभापतिमा को–को आकाङ्क्षी ?
-
मालवाहक सवारीको ब्लु बुकमा अब भारवहन क्षमता अनिवार्य खुलाउनुपर्ने
-
तौल घटाउने चक्करमा ज्यानकै जोखिम : महिनामै साढे ७ केजी तौल त घट्यो, तर युवती पुगिन् अस्पताल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण