जनमत पार्टीको महाधिवेशन असोजमा
सारांश
- जनमत पार्टीले आगामी मङ्सिरमा पार्टीको महाधिवेशन गर्ने निर्णय गरेको छ ।
- पार्टीको तीन दिनसम्म चलेको बैठकले आगामी वर्षको असोज ९ र १० गते महाधिवेशनको मिति टुङ्ग्याएको छ ।
- बैठकमा फागुन २१ गते भएको चुनावको समीक्षा गरियो जसमा पार्टीले एक सिट पनि जित्न सकेन ।
काठमाडौँ । जनमत पार्टीले मङ्सिरमा पार्टीको महाधिवेशन गर्ने निर्णय गरेको छ । पार्टीको तीन दिनसम्म चलेको बैठकले महाधिवेशनको मिति टुङ्ग्याएको हो ।
आगामी वर्षको असोज ९ र १० गते महाधिवेशन हुने जनमत पार्टीका उपाध्यक्ष नरेन्द्र चौधरीले बताए । महाधिवेशनको मिति तय गरे पनि स्थान तय भएको छैन ।
जनमत पार्टीले बैठकमार्फत फागुन २१ गते भएको चुनावको समीक्षा समेत गरेको छ । चुनावमा जनमत पार्टीले एक सिट पनि जित्न सकेन ।
उपाध्यक्ष चौधरीले भने, ‘यो चुनावको असफलताको समीक्षा गर्न गाह्रो छ । चुनावमा सबैभन्दा बढी बालेन फ्याक्टरले काम गरेको छ । त्यसका साथै थ्योरी अफ कन्सपिरेसीले पनि काम गरेको छ ।’
जनताले पनि परिवर्तन खोजेको कारण चुनावमा पुराना पार्टीलाई मत नदिएको समीक्षा गरिएको उनले बताए । निर्वाचनमा पार्टी कमजोर हुनुमा पार्टीभित्रको आन्तरिक कमजोरी पनि रहेको उनको भनाइ छ ।
बैठकमा विभिन्न जिल्लाबाट आएका प्रतिनिधिहरूले जिल्लागत रिपोर्ट तथा सुझाव दिएका छन् । त्यसको आधारमा पार्टी अगाडि बढ्ने उनले बताए ।
बैठकले पार्टीको विधान संशोधन गर्ने निर्णय गरेको छ । त्यसको बारेमा पार्टीमा सबैसँग सल्लाह सुझाव लिने निर्णय भएको छ ।
*अध्यावधिक गरिएको ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण