तौल घटाउने चक्करमा ज्यानकै जोखिम : महिनामै साढे ७ केजी तौल त घट्यो, तर युवती पुगिन् अस्पताल
सारांश
- चीनमा २५ वर्षीया महिलाले ६ दिन कम खाने र सातौँ दिन अत्यधिक खाने डाइटिङ शैली अपनाउँदा तीव्र प्यान्क्रियाटाइटिस भएको छ।
- ती महिलाले एक महिनामा ५५ केजीबाट ४७.५ केजी तौल घटाए पनि 'इन्डल्जेन्स डे' मा अत्यधिक खाँदा स्वास्थ्य अचानक बिग्रियो।
- चिकित्सकहरूले यस्ता चरम डाइटिङ र एकैपटक धेरै खाने शैलीले युवा बिरामीहरूको संख्या बढाएको भन्दै चिन्ता व्यक्त गरेका छन्।
बेइजिङ । चीनमा तौल घटाउने अत्यन्तै कठोर र अस्वस्थ डाइटिङ शैली अपनाउँदा एक २५ वर्षीया महिला गम्भीर बिरामी परेकी छन्।
६ दिनसम्म निकै कम खाने र सातौँ दिन एकैपटक अत्यधिक खाने बानीका कारण ती महिलालाई तीव्र प्यान्क्रियाटाइटिस भएको हो। चिकित्सकहरूका अनुसार उनको यो हानीकारक खानपान शैली नै रोगको मुख्य र एकमात्र कारण बनेको हो।
पूर्वी चीनको झेजियाङ प्रान्त अन्तर्गत हाङ्झाउ सहरकी क्विङक्विङ (परिवर्तित नाम) ले पछिल्ला केही महिनादेखि तौल घटाउने अनौठो जुक्ति निकालेकी थिइन्। उनी हप्ताको ६ दिनसम्म अत्यन्तै कम अर्थात् दैनिक करिब ८०० क्यालोरी मात्र सेवन गर्थिन्।
उनको ६ दिने खानामा उमालेको तरकारी, कुखुराको छातीको मासु र कम चिनी भएका फलफूल मात्र समावेश हुन्थे। तर, सातौँ दिनलाई भने उनी ‘इन्डल्जेन्स डे’ (मनपरी खाने दिन) का रूपमा मनाउँथिन्। यस दिन उनी फ्राइड चिकेन, हटपोट, मसालेदार इन्स्ट्यान्ट नुडल्स, मिल्क टी र नट्सजस्ता उच्च बोसो तथा अत्यधिक तेलयुक्त खाना एकैचोटि खाने गर्थिन्।
यो कठोर विधि अपनाउनु अघि उनको तौल ५५ केजी थियो। यो शैली अपनाएपछि मात्र एक महिनाको अवधिमा उनको तौल घटेर ४७ दशमलव ५ केजीमा झर्यो। तौल घटेर उनी खुसी भए पनि गत मे १४ मा मनाएको त्यस्तै एउटा ‘फ्री इटिङ डे’ पछि उनको स्वास्थ्य अचानक बिग्रियो।
उनलाई पेट, कम्मर र ढाडमा तीव्र दुखाइ हुनुका साथै लगातार बान्ता हुन थाल्यो। अवस्था गम्भीर भएपछि उनलाई तत्काल अस्पताल लगियो। झेजियाङ विश्वविद्यालय मेडिकल स्कूलको पहिलो सम्बद्ध अस्पतालमा विस्तृत परीक्षण गरेपछि चिकित्सकहरूले उनलाई तीव्र प्यान्क्रियाटाइटिस भएको पुष्टि गरे।
चिकित्सकहरूका अनुसार लामो समयसम्म डाइटिङ गर्दा वा भोकै बस्दा शरीरको प्यान्क्रियाज ‘लो लोड स्ट्यान्डबाइ’ अर्थात् शान्त अवस्थामा रहन्छ र पाचन प्रणाली सुस्त हुन्छ। यस्तो अवस्थामा एकैचोटि अत्यधिक तेल र बोसोयुक्त खाना खाँदा उक्त अंगले छोटो समयमै ठूलो मात्रामा पाचन इन्जाइमहरू स्राव गर्छ। अचानक बढी मात्रामा निस्किएका यी इन्जाइमहरू फैलिन्छन् र अन्ततः प्यान्क्रियाज अंगलाई नै नष्ट गर्छन्।
अस्पतालका विशेषज्ञहरूले यस्ता चरम डाइटिङ र एकैपटक धेरै खाने शैलीका कारण पछिल्ला वर्षहरूमा युवा बिरामीहरूको संख्या चिन्ताजनक रूपमा बढिरहेको चेतावनी दिएका छन्। यस्तो खालको घातक स्लिमिङ विधिले अन्य धेरै स्वास्थ्य समस्याहरू निम्त्याउने कुरा डाक्टरहरूले औंल्याएका छन्। चीनमा तौल घटाउने अन्धाधुन्ध प्रयासमा बिरामी परेकी क्विङकिङ पहिलो व्यक्ति भने होइनन्। यसअघि पनि चीनका विभिन्न क्षेत्रमा अवैज्ञानिक तरिकाले तौल घटाउन खोज्दा गम्भीर स्वास्थ्य संकट निम्तिएका थुप्रै घटनाहरू सार्वजनिक भइसकेका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
घुमन्ते राउटेका लागि कर्णाली सरकारले ल्यायो घुम्ती सेवाको अवधारणा
-
उपत्यकामा अव्यवस्थित तार व्यस्थापन अभियान तीव्र
-
गैरकानुनी सम्पत्ति आर्जन मुद्दामा अमिन पदमा कार्यरत यादव दोषी ठहर, १ करोड १२ लाख बिगो र कैद सजाय
-
तीन दिने नेपाल भ्रमण पूरा गरी भारतीय उच्च अदालतका पूर्वन्यायाधीश यादव स्वदेश फिर्ता
-
नक्कली चिकित्सकमाथि कारबाहीका लागि सीआईबीलाई पत्राचार
-
लुम्बिनी प्रदेश प्रहरीद्वारा शान्ति, सुरक्षाका पक्षमा तीन दिने कार्यक्रम सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण