रूस र युक्रेनकाे सीमा क्षेत्रमा भएकाे आक्रमणमा ३ जनाको मृत्यु
शुक्रबार, २९ जेठ २०८३, १७ : ०६
किएभ । रूसी र युक्रेनी सीमा क्षेत्रहरूमा भएको आक्रमणमा तीन जना नागरिकको मृत्यु भएको अधिकारीहरूले शुक्रबार बताइएका छन् । किएभले रूसको सुजेमकाको बस्तीमा प्रहार गर्दा ब्रायन्स्कको सीमावर्ती क्षेत्रमा दुई जना सर्वसाधारणको मृत्यु भएको कार्यवाहक गभर्नर एगोर कोभालचुकले टेलिग्राममार्फत जनाएका छन् ।
युक्रेनको सीमावर्ती क्षेत्र सुमीमा भएको ड्रोन आक्रमणमा आश्रयमा जाँदै गर्दा रेल स्टेशन अपरेटरका रूपमा कार्यरत एक जना महिलाको मृत्यु भएको युक्रेनी रेलवेका प्रमुख ओलेक्सान्डर पेर्टसोव्स्कीले बताएका छन् । उनले अर्को एक जना स्टेशन परिचारिका, आक्रमणमा घाइते भएको बताएका छन् ।
युक्रेनको दक्षिणी माइकोलाइभ क्षेत्रमा भएको छुट्टै आक्रमणमा तीन जना घाइते भएको जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
घुमन्ते राउटेका लागि कर्णाली सरकारले ल्यायो घुम्ती सेवाको अवधारणा
-
उपत्यकामा अव्यवस्थित तार व्यस्थापन अभियान तीव्र
-
गैरकानुनी सम्पत्ति आर्जन मुद्दामा अमिन पदमा कार्यरत यादव दोषी ठहर, १ करोड १२ लाख बिगो र कैद सजाय
-
तीन दिने नेपाल भ्रमण पूरा गरी भारतीय उच्च अदालतका पूर्वन्यायाधीश यादव स्वदेश फिर्ता
-
नक्कली चिकित्सकमाथि कारबाहीका लागि सीआईबीलाई पत्राचार
-
लुम्बिनी प्रदेश प्रहरीद्वारा शान्ति, सुरक्षाका पक्षमा तीन दिने कार्यक्रम सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण