शुक्रबार, २९ जेठ २०८३
ताजा लोकप्रिय
मन्त्रिपरिषद् बैठक

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक

शुक्रबार, २९ जेठ २०८३, १४ : ४४
शुक्रबार, २९ जेठ २०८३

काठमाडौँ । सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शुक्रबार केही समयअघि बैठक सुरु भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

बैठकमा सरकारका कामकारबाहीबारे छलफल तथा आवश्यक निर्णय हुने बताइएकाे छ ।

आजकाे बैठकले परराष्ट्रमन्त्री शिशिर खनालकाे चीन भ्रमण स्वीकृत गर्ने समेत बताइएकाे छ।

परराष्ट्रमन्त्री  खनाल चिनियाँ विदेशमन्त्री वाङ यीको निमन्त्रणामा चीनको चार दिवसीय भ्रमणमा यही जेठ ३१ गते बेइजिङतर्फ प्रस्थान गर्दैछन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप