शुक्रबार, २९ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
सेयर बजार

सेयर बजारमा झिनो गिरावट, कारोबार रकम ४ अर्ब ३४ करोडभन्दा माथि

शुक्रबार, २९ जेठ २०८३, १५ : ३८
शुक्रबार, २९ जेठ २०८३

सारांश

  • नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक आज ४.०० अङ्कले घटेर २७२४.०३ विन्दुमा बन्द भएको छ।
  • बजार घटे पनि कारोबार रकममा उत्साह देखिएको छ, जसमा कुल ४ अर्ब ३४ करोड ९ लाख ७६ हजार ७६४ रुपैयाँ बराबरको कारोबार भएको छ।
  • आज ९२ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने १६७ वटा कम्पनीको सेयर मूल्यमा गिरावट आएको छ।

​काठमाडौँ । साताको अन्तिम कारोबार दिन आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा झिनो गिरावट आएको छ। उतारचढावका बिच नेप्से परिसूचक ४.०० अङ्कले घटेर २७२४.०३ विन्दुमा बन्द भएको छ।

​आज बजार सुरुवाती समयमा केही बढे पनि त्यसपछि उतारचढावपूर्ण रहँदै अन्ततः ओरालो लागेर बन्द भएको छ। बजार घटे पनि कारोबार रकममा भने राम्रो उत्साह देखिएको छ।

​आज बजारमा कुल ३४२ वटा स्क्रिप्स कारोबारमा ९८ लाख ५६ हजार ५२५ कित्ता सेयर खरिदबिक्री भएका छन्। जसबाट कुल ४ अर्ब ३४ करोड ९ लाख ७६ हजार ७६४ रुपैयाँ बराबरको कारोबार भएको छ।

​आज कारोबार भएका कम्पनीहरूमध्ये ९२ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने १६७ वटा कम्पनीको सेयर मूल्यमा गिरावट आएको छ। त्यस्तै, १२ वटा कम्पनीको सेयर मूल्य भने स्थिर रह्यो।

​आज कारोबारमा आएका १३ वटा उपसूचकमध्ये ९ वटा उपसूचक राताम्मे भएका छन् भने ४ वटा उपसूचकमा हरियाली छाएको छ।

​उत्पादन तथा प्रशोधन समूह सबैभन्दा धेरै ०.४९ प्रतिशतले घटेको छ। त्यसैगरी होटल तथा पर्यटन ०.३७ प्रतिशत, फाइनान्स ०.३६ प्रतिशत, माइक्रोफाइनान्स ०.३४ प्रतिशत, हाइड्रोपावर ०.२५ प्रतिशत, लाइफ इन्स्योरेन्स ०.१९ प्रतिशत, विकास बैंक ०.१५ प्रतिशत, बैंकिङ ०.१२ प्रतिशत र इन्भेस्टमेन्ट उपसूचक ०.०९ प्रतिशतले घटेका छन्।

​म्युचुअल फण्ड सर्वाधिक ०.३८ प्रतिशतले बढ्दा ट्रेडिङ ०.३७ प्रतिशत, नन-लाइफ इन्स्योरेन्स ०.३३ प्रतिशत र अन्य उपसूचक ०.१८ प्रतिशतले बढेका छन्।

  • ​उत्कृष्ट कमाउने र उच्च कारोबार गर्ने कम्पनीहरू

​बजार घटे पनि दुईवटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। 

सोपान फर्मास्युटिकल्स र एपोलो हाइड्रोपावरको सेयर मूल्य समान १४.९९ प्रतिशतले बढेर क्रमशः ५३१.७० र ४५५.६० रुपैयाँ पुगेको छ। त्यस्तै ग्रीन डेभलपमेन्ट बैंकको सेयर मूल्य पनि १३.३१ प्रतिशतले वृद्धि भएको छ।

​कारोबार रकमका आधारमा आज सेन्ट्रल फाइनान्स अग्रस्थानमा रह्यो, जसको २५ करोड ५३ लाख २४ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भयो।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप