शुक्रबार, २९ जेठ २०८३
ताजा लोकप्रिय

जनमत पार्टीको महाधिवेशन असोजमा

शुक्रबार, २९ जेठ २०८३, १६ : ५२
शुक्रबार, २९ जेठ २०८३

सारांश

  • जनमत पार्टीले आगामी मङ्सिरमा पार्टीको महाधिवेशन गर्ने निर्णय गरेको छ ।
  • पार्टीको तीन दिनसम्म चलेको बैठकले आगामी वर्षको असोज ९ र १० गते महाधिवेशनको मिति टुङ्ग्याएको छ ।
  • बैठकमा फागुन २१ गते भएको चुनावको समीक्षा गरियो जसमा पार्टीले एक सिट पनि जित्न सकेन ।

काठमाडौँ । जनमत पार्टीले मङ्सिरमा पार्टीको महाधिवेशन गर्ने निर्णय गरेको छ । पार्टीको तीन दिनसम्म चलेको बैठकले महाधिवेशनको मिति टुङ्ग्याएको हो ।

आगामी वर्षको असोज ९ र १० गते महाधिवेशन हुने जनमत पार्टीका उपाध्यक्ष नरेन्द्र चौधरीले बताए । महाधिवेशनको मिति तय गरे पनि स्थान तय भएको छैन ।

जनमत पार्टीले बैठकमार्फत फागुन २१ गते भएको चुनावको समीक्षा समेत गरेको छ । चुनावमा जनमत पार्टीले एक सिट पनि जित्न सकेन ।

उपाध्यक्ष चौधरीले भने, ‘यो चुनावको असफलताको समीक्षा गर्न गाह्रो छ । चुनावमा सबैभन्दा बढी बालेन फ्याक्टरले काम गरेको छ । त्यसका साथै थ्योरी अफ कन्सपिरेसीले पनि काम गरेको छ ।’

जनताले पनि परिवर्तन खोजेको कारण चुनावमा पुराना पार्टीलाई मत नदिएको समीक्षा गरिएको उनले बताए । निर्वाचनमा पार्टी कमजोर हुनुमा पार्टीभित्रको आन्तरिक कमजोरी पनि रहेको उनको भनाइ छ ।

बैठकमा विभिन्न जिल्लाबाट आएका प्रतिनिधिहरूले जिल्लागत रिपोर्ट तथा सुझाव दिएका छन् । त्यसको आधारमा पार्टी अगाडि बढ्ने उनले बताए ।

बैठकले पार्टीको विधान संशोधन गर्ने निर्णय गरेको छ । त्यसको बारेमा पार्टीमा सबैसँग सल्लाह सुझाव लिने निर्णय भएको छ । 

*अध्यावधिक गरिएको ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप