शुक्रबार, २९ जेठ २०८३
ताजा लोकप्रिय

सिंहदरबारभित्रै गुणस्तरहीन वस्तु बिक्री, केन्द्रीय क्यान्टिनलाई २ लाख जरिवाना

शुक्रबार, २९ जेठ २०८३, १७ : १४
शुक्रबार, २९ जेठ २०८३

सारांश

  • सिंहदरबारभित्रको केन्द्रीय क्यान्टिनलाई गुणस्तरहीन सामान प्रयोग गरेको भन्दै २ लाख १ हजार रुपैयाँ जरिवाना गरिएको छ ।
  • क्यान्टिनमा रहेका गुणस्तरहीन चनाको दाल, नेपाली बदाम र अण्डा गरी ६ हजार ५ सय ६० रुपैयाँ बराबरको सामग्री नष्ट गरिएको छ ।
  • यस्तै, भक्तपुरको एक पानी उद्योगलाई उत्पादनको लेबल नराखी बिक्री गरेकोमा १० हजार रुपैयाँ जरिवाना गरिएको छ ।

काठमाडौँ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजार अनुगमनका क्रममा सिंहदरबारस्थित केन्द्रीय क्यान्टिनसहित १२ वटा व्यावसायिक फर्महरूमा अनुगमन गरी कैफियत भेटिएकालाई कारबाही गरेको छ ।

विभागले शुक्रबार  गरेको नियमित अनुगमनका क्रममा उपभोक्ता संरक्षण ऐन, २०७५ विपरीत कार्य गर्ने फर्महरूलाई जरिवाना र निर्देशन दिएको हो ।

विभागका अनुसार सिंहदरबारभित्र सञ्चालित ‘जीएण्ड बी क्याफे ग्रुप’ (केन्द्रीय क्यान्टिन) लाई २ लाख १ हजार रुपैयाँ जरिवाना गरिएको छ । उक्त क्यान्टिनले गुणस्तरहीन सामान प्रयोग गरेको पाइएकाले उपभोक्ता संरक्षण ऐन बमोजिम जरिवाना गरिएको विभागले जनाएको छ ।

अनुगमनका क्रममा क्यान्टिनमा रहेका गुणस्तरहीन चनाको दाल, नेपाली बदाम र अण्डा गरी ६ हजार ५ सय ६० रुपैयाँ बराबरको सामग्री समेत नष्ट गरिएको छ ।

त्यसैगरी, भक्तपुरको चाँगुनारायणस्थित ‘जय छुमा गणेश शुद्ध खानेपानी प्रालि’ लाई १० हजार रुपैयाँ जरिवाना गरिएको छ । उक्त पानी उद्योगले उत्पादनको लेबल (विवरण) नराखी बिक्री वितरण गरेको पाइएकाले कारबाही गरिएको हो ।

अनुगमनका क्रममा अन्य १० वटा फर्महरूलाई भने सामान्य निर्देशन दिइएको छ ।

Capture1

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप