आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय
फिफा विश्वकप २०२६

स्कटल्यान्डले निकाल्यो हाइटी विरुद्ध १–०को जीत

आइतबार, ३१ जेठ २०८३, ०८ : ४८
आइतबार, ३१ जेठ २०८३

सारांश

  • स्कटल्यान्डले विश्वकप फुटबलको समूह 'सी' अन्तर्गत हाइटीलाई १-० ले पराजित गर्दै विजयी सुरुआत गरेको छ ।
  • स्कटल्यान्डका लागि जोन म्याकगिनले २८औँ मिनेटमा गरेको गोल निर्णायक बन्यो ।
  • विश्वकपको आफ्नो पहिलो खेलमै जित निकालेसँगै स्कटल्यान्डले नकआउट चरण प्रवेशको सम्भावना बलियो बनाएको छ ।

स्कटल्यान्डले विविश्वकप फुटबलको समूह ‘सी’ अन्तर्गत स्कटल्यान्डले हाइटीलाई १–० ले पराजित गर्दै विजयी सुरुआत गरेको छ ।

अमेरिकाको बोस्टन स्टेडियममा सम्पन्न प्रतिस्पर्धात्मक खेलमा स्कटल्यान्डका लागि निर्णायक गोल जोन म्याकगिनले २८औँ मिनेटमा गरेका थिए । यही गोल नै खेलको नतिजा तय गर्न पर्याप्त बन्यो ।

खेलभर हाइटीले बलियो चुनौती प्रस्तुत गरे पनि बराबरी गोल  फर्काउन सकेन। दोस्रो हाफमा हाइटीले लगातार दबाब सिर्जना गर्दै केही उत्कृष्ट अवसर निकालेको थियो, तर स्कटल्यान्डका गोलरक्षक एङ्गस गन र रक्षापंक्तिले टोलीलाई अग्रता जोगाउन सफल भए ।

सन् १९९८ पछि पहिलो पटक विश्वकप खेलिरहेको स्कटल्यान्डले महत्त्वपूर्ण तीन अंक जोड्दै समूह ‘सी’ को शीर्ष स्थानमा उक्लिएको छ । अर्कोतर्फ, सन् १९७४ पछि विश्वकपमा फर्किएको हाइटीले हारबाट अभियान सुरु गरेको छ ।

कडा प्रतिस्पर्धा भएको खेलमा स्कटल्यान्डले सीमित अवसरको सदुपयोग गर्दै जित निकालेको थियो भने हाइटीले उत्साहजनक प्रदर्शन गरे पनि गोल गर्न नसक्दा अंकविहीन बन्न पुग्यो । विश्वकपको आफ्नो पहिलो खेलमै जित निकालेसँगै स्कटल्यान्डले नकआउट चरण प्रवेशको सम्भावना बलियो बनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप