आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय
फिफा विश्वकप २०२६

२४ वर्षपछि विश्वकपमा फर्किएको टर्की अस्ट्रेलियासँग स्तब्ध

आइतबार, ३१ जेठ २०८३, ११ : ४३
आइतबार, ३१ जेठ २०८३

सारांश

  • फिफा विश्वकपमा २४ वर्षपछि फर्किएको टर्की पहिलो खेलमा अस्ट्रेलियासँग २-० गोलले पराजित भएको छ ।
  • खेलको २७औं मिनेटमा नेस्टोरी इरानकुन्डाले गोल गर्दै अस्ट्रेलियालाई अग्रता दिलाएका थिए ।
  • दोस्रो हाफमा कनर मेटकाल्फेले गोल थप्दै अस्ट्रेलियाको जित सुनिश्चित गरे ।

भ्यानकुभर ।  फिफा विश्वकपमा २४ वर्षको अन्तरालपछि फर्किएको टर्किए (टर्की) पहिलो खेलमा नै अस्ट्रेलियासँग स्तब्ध भएको छ । समूह डी अन्तरगत भ्यानकुभरको बीसी प्यालेसमा भएको खेलमा टर्की २-० गोलले पराजित भएको हो ।

खेलको पहिलो हाफको २७ औँ मिनेटमा नेस्टोरी इरानकुन्डाले काउन्टर अट्याकमा उत्कृष्ट गोल गर्दै अस्ट्रेलियालाई अग्रता दिलाएका थिए । त्यसपछि पहिलो हाफमा थप गोल हुन सकेन ।

दोस्रो हाफमा अस्ट्रेलियाले रक्षात्मक खेल प्रदर्शन गर्‍यो । टर्कीले खेलमा फर्कने प्रयास गरेपनि अस्ट्रेलियाको डिफेन्सलाई चिर्न सकेन । यसैबिच ७५ औँ मिनेटमा कनर मेटकाल्फेले अर्को गोल थप्दै टोलीको जित सुनिश्चित गरे ।

समूहको अन्य खेलमा अमेरिकाले पाराग्वेलाई ४-१ गोल अन्तरले हराएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप