आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय

‘ककटेल २’ को प्रमोसनमा भागदौड

आइतबार, ३१ जेठ २०८३, ११ : ५७
आइतबार, ३१ जेठ २०८३

सारांश

  • फिल्म 'ककटेल २' को प्रमोसन कार्यक्रममा प्रशंसकहरूको अत्यधिक भीडका कारण स्थिति अनियन्त्रित भई भागदौड मच्चिएको छ ।
  • सोही भागदौडमा अभिनेत्री कृति सेननले सहअभिनेत्री रश्मिका मन्दानालाई सुरक्षित रूपमा बाहिर निकालेकी थिइन् ।
  • सन् २०१२ को चर्चित फिल्म 'ककटेल' को सिक्वेल 'ककटेल २' आगामी जुन १९ देखि प्रदर्शनमा आउने तयारीमा छ ।

काठमाडाैँ । फिल्म ‘ककटेल २’ प्रदर्शनको तयारीमा छ । यसका मुख्य कलाकारहरू यतिबेला प्रचार प्रसारमा व्यस्त छन् । यसै सिलसिलामा पुणेको एक मलमा आयोजित प्रमोसन कार्यक्रममा प्रशंसकहरूको अत्यधिक भीडका कारण त्यहाँ स्थिति अनियन्त्रित बनेको छ ।

सोही भागदौडमा अभिनेत्री कृति सेननले संयमता अपनाउँदै सहअभिनेत्री रश्मिका मन्दानालाई सुरक्षित रूपमा बाहिर निकालेकी  थिइन् । जुन भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

अभिनेता शाहिद कपुर, अभिनेत्री कृति सेनन र रश्मिका मन्दानासहित फिल्म युनिट कार्यक्रममा सहभागी थिए । भीड एक्कासि अनियन्त्रित भई सुरक्षाका लागि राखिएका ब्यारिकेडहरू नाघेपछि त्यहाँ केही समय भागदौड मच्चिएको थियो । सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै आयोजकले कार्यक्रम बिचमै रोकेको थियो ।

भाइरल भिडियोमा भीडभाडका बिचबाट बाहिर निस्कन शाहिद कपुरले निकै सङ्घर्ष गरिरहेको देखिन्छ । सोही समयमा कृति सेननले रश्मिकालाई दह्रोसँग समातेर भीडको धक्काबाट जोगाउँदै सुरक्षित रूपमा बाहिर निकालेको देखिन्छ ।

सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले कृतिको यस व्यवहारलाई ‘एक जिम्मेवार ठुली दिदी’ को भूमिका भन्दै प्रशंसा गरिरहेका छन् । कतिपय प्रयोगकर्ताले भने मलको सुरक्षा व्यवस्थापन फितलो भएको भन्दै असन्तुष्टि समेत व्यक्त गरेका छन् ।

होमी अदजानियाको निर्देशनमा बनेको ‘ककटेल २’ सन् २०१२ मा प्रदर्शनमा आएको चर्चित फिल्म ‘ककटेल’ को सिक्वेल हो । प्रेमकथामा आधारित उक्त फिल्म आगामी जुन १९ देखि चलचित्र घरमा लाग्दैछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप