के छ काठमाडौँ महानगरको नीति तथा कार्यक्रममा ?
सारांश
- काठमाडौँ महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ।
- महानगरले 'सांस्कृतिक सहर, समृद्ध महानगर' को नारालाई आत्मसाथ गर्दै काठमाडौँको ऐतिहासिकता, सांस्कृतिक सम्पदा, भौतिक र आधुनिक सहरी सभ्यतालाई मुख्य आधार बनाएर आगामी वर्षको योजना तर्जुमा गरेको छ।
- यस नीति तथा कार्यक्रमले काठमाडौँलाई समावेशी, सुशासनयुक्त, प्रविधिमैत्री, सुरक्षित, स्वच्छ, स्वस्थ, हरित र नवप्रवर्तनमुखी स्मार्ट सहरको रूपमा रूपान्तरण गर्ने लक्ष्य राखेको छ।
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ।
काठमाडौँको राष्ट्रिय सभागृहमा आइतबार आयोजित नगरसभाको १९ औँ अधिवेशनमा महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेकी हुन्।
महानगरले आगामी आर्थिक वर्ष पनि ‘सांस्कृतिक सहर, समृद्ध महानगर’ को नारालाई आत्मसाथ गर्दै आफ्ना भावी योजनाहरू अगाडि सारेको छ। नीति तथा कार्यक्रम प्रस्तुत गर्दै कार्यवाहक प्रमुख डंगोलले काठमाडौँको ऐतिहासिकता, सांस्कृतिक सम्पदा, भौतिक र आधुनिक सहरी सभ्यतालाई मुख्य आधार बनाएर आगामी वर्षको योजना तर्जुमा गरिएको जानकारी दिइन्।
यस नीति तथा कार्यक्रमले परिवर्तित परिवेश र काठमाडौँवासीको उत्कृष्ट चाहनालाई सम्बोधन गर्ने लक्ष्य राखेको छ। समग्रमा मौलिक, ऐतिहासिक, सांस्कृतिक, पर्यटकीय र सुशासनयुक्त महानगर निर्माण गर्ने कार्यमा यसले ठुलो सघाउ पुर्याउने विश्वास महानगरले लिएको छ। चालू आर्थिक वर्ष २०८२/८३ को १७ औँ अधिवेशनबाट स्वीकृत नीति, कार्यक्रम र बजेटको समीक्षा गर्दै अपूरा रहेका बहुवर्षीय कार्यक्रमहरूलाई आगामी वर्ष पनि निरन्तरता दिइएको छ।
महानगरपालिकाले काठमाडौँलाई समावेशी, सुशासनयुक्त, प्रविधिमैत्री, सुरक्षित, स्वच्छ, स्वस्थ, हरित र नवप्रवर्तनमुखी स्मार्ट सहरको रूपमा रूपान्तरण गर्ने दीर्घकालीन सोच राखेको छ। यसका साथै आर्थिक समृद्धि, सामाजिक न्याय, सेवा प्रवाहको गुणस्तरमा अभिवृद्धि, संस्कृति तथा सम्पदाको संरक्षण र दिगो सहरी विकासलाई सुनिश्चित गर्ने उद्देश्यसहित क्षेत्रगत नीति तथा कार्यक्रमहरू प्रस्ताव गरिएका छन्। संघीय राजधानी काठमाडौँको अपेक्षित लक्ष्य हासिल गर्न यो नीति तथा कार्यक्रम सफल हुने अपेक्षा गरिएको छ।
_Bhn8Kezsi8.jpg)
_Q2igz6zEPA.jpg)
_HAwvNzqrwy.jpg)
_v0qx786aWc.jpg)
_XC59dQoWII.jpg)
_5vE2RjuGkp.jpg)
_blcZ2jIrHO.jpg)
_VigF6Gvc0w.jpg)
_5W7JKuzyLb.jpg)
_DgSkAp2LMJ.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नवीकरणीय ऊर्जा र ऊर्जा दक्षता कार्यक्रम सरकारको प्राथमिकतामा
-
इरान–अमेरिकाबिचकाे युद्ध अन्त्य गर्ने प्रयास तीव्र, कतारकाे उच्चस्तरीय टाेली तेहरानमा
-
राजमार्ग भत्किएका छन्, बजेट छैन : सडक सञ्जालबाट अलग्गिने जोखिममा इलाम
-
गोल्याण ग्रुपको रक्तदानमा सांसद रञ्जु दर्शनाले भनिन्– व्यवसायलाई समाजसँग जोड्नु प्रशंसनीय
-
निर्माण व्यवसायी र सरकारबिच टकराब : निर्माण रोकिएका ठेक्का तोड्न सचिवको निर्देशन
-
राष्ट्र बैंककाे अध्ययन : औद्योगिक क्षेत्रमा दक्ष जनशक्तिको अभाव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण