आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

काठमाडौँ महानगरले निःशुल्क पिउने पानी बुथ बनाउने, सार्वजनिक शौचालयको अवधारणा

आइतबार, ३१ जेठ २०८३, १३ : ४०
आइतबार, ३१ जेठ २०८३

सारांश

  • काठमाडौँ महानगरपालिकाले सहरी योजना अन्तर्गत आवधिक, रणनीतिक तथा क्षेत्रगत योजना तर्जुमा गरी कार्यान्वयनमा ल्याउने भएको छ ।
  • महानगरवासीको स्वच्छ पिउने पानीको हकलाई प्राथमिकतामा राखी सहज, सुलभ र गुणस्तरीय पानी वितरणमा सम्बद्ध निकायहरूसँग समन्वय र सहकार्य गरिनेछ ।
  • विपद व्यवस्थापनसँग सम्बन्धित सूचना तथा विवरणहरूलाई भौगोलिक सूचना प्रणालीमा आबद्ध गरिनेछ ।

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले सहरी योजना अन्तर्गत आवधिक, रणनीतिक तथा क्षेत्रगत योजना तर्जुमा गरी कार्यान्वयनमा ल्याउने भएको छ । आइतबार सार्वजनिक गरिएको नीति तथा कार्यक्रममा काठमाडौँ महानगरले सार्वजनिक निजी साझेदारीमा सञ्चालित परियोजनाहरूको विस्तृत अध्ययन गरी आवश्यक सुधारको लागि सम्बद्ध पक्षसँग भएको सम्झौता पुनरावलोकन गरिने  उल्लेख गरेको हो ।

नीति तथा कार्यक्रममा भनिएको छ, ‘महानगरवासीको स्वच्छ पिउने पानीको हकलाई प्राथमिकतामा राखी सहज, सुलभ र गुणस्तरीय पानी वितरणमा सम्बद्ध निकायहरूसँग समन्वय र सहकार्य गरिनेछ। निःशुल्क पिउने पानी तथा सार्वजनिक शौचालयको अवधारणालाई निरन्तरता दिन थप स्थानहरूमा खानेपानी बुथ तथा सार्वजनिक शौचालयको निर्माण गरिनेछ ।’

यस्तै, विपद् व्यवस्थापनसँग सम्बन्धित सूचना तथा विवरणहरूलाई भौगोलिक सूचना प्रणालीमा आबद्ध गरिनेछ । मनसुनजन्य विपद् जोखिम न्यूनीकरणका लागि मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजना स्वीकृत गरी कार्यान्वयनमा ल्याइने उल्लेख छ  । मौसमजन्य विपद् व्यवस्थापनका लागि आवश्यक पूर्व तयारी तथा प्रतिकार्यलाई प्राथमिकतामा राखिनेछ।’ 

विद्यालय, अस्पताल, होटल, सपिङ मल, सार्वजनिक भवन तथा बहुउद्देश्यीय संरचनाहरूको विपद् सुरक्षा मापदण्ड तर्जुमा गरी सो को प्रभावकारी कार्यान्वयन, सुपरीवेक्षण तथा नियमित सुरक्षा परीक्षण कार्यक्रम सञ्चालन ल्याउने पनि महानगरपालिकाले जानकारी दिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप