आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

एमाले संविधान पुनरावलोकन कार्यदलको बैठक बस्दै

आइतबार, ३१ जेठ २०८३, १३ : ४७
आइतबार, ३१ जेठ २०८३

सारांश

  • नेकपा एमालेको संविधान पुनरावलोकन तथा सुझाव कार्यदलको बैठक आइतबार बस्ने भएको छ ।
  • च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बस्ने बैठकमा संविधान पुनरावलोकनका निम्ति एमालेका सर्त र मान्यताबारे छलफल हुनेछ ।
  • एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेल कार्यदलका संयोजक रहेका छन् ।

काठमाडौँ । नेकपा एमालेको संविधान पुनरावलोकन तथा सुझाव कार्यदलको बैठक आइतबार बस्ने भएको छ ।  पार्टी केन्द्रीय कार्यालय, च्यासलमा कार्यदलको बैठक बस्न लागेको एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख नीरज आचार्यले जानकारी दिए । 

आचार्यका अनुसार संविधान पुनरावलोकनका निम्ति एमालेका सर्त र मान्यताबारे उक्त बैठकमा छलफल हुनेछ । एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेल कार्यदलका संयोजक रहेका छन् भने सदस्यमा रघुजी पन्त, छविलाल विश्वकर्मा, पद्मा अर्याल, जुलीकुमारी महतो, अग्निप्रसाद खरेल, रमेश बडाल, महेश बर्तौला, कृष्णभक्त पोखरेल, टीकाराम भट्टराई, पासाङ शेर्पा, अमर थापा र डा.राजेन्द्र घिमिरे रहेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप