रात्रिकालिन यातायात विस्तार गर्ने काठमाडौँ महानगरको योजना
सारांश
- काठमाडौँ महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रममा सहरी यातायात सुधार, जग्गा एकीकरण आयोजनाको व्यवस्थापन र सामाजिक सुरक्षाका योजनाहरूलाई प्राथमिकता दिएको छ ।
- सडक सुरक्षा र दिगो सहरी यातायात प्रणाली विकास गर्ने लक्ष्यसहित पैदल यात्री तथा साइकलमैत्री पूर्वाधार निर्माण गरिनेछ र साझा यातायात मार्फत रात्रिकालिन यातायात सेवा विस्तार गरिनेछ ।
- नदी किनार तथा सार्वजनिक स्थानका जोखिमपूर्ण बस्तीबाट उद्धार गरिएका व्यक्तिहरूको व्यवस्थापनका लागि सङ्घीय सरकारसँग समन्वय गरिनेछ ।
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रममा सहरी यातायात सुधार, जग्गा एकीकरण आयोजनाको व्यवस्थापन र सामाजिक सुरक्षाका योजनाहरूलाई प्राथमिकताका साथ समेटेको छ ।
सडक सुरक्षा र दिगो सहरी यातायात प्रणाली विकास गर्ने लक्ष्यसहित महानगरले पैदल यात्री तथा साइकलमैत्री पूर्वाधार निर्माण गर्ने भएको छ । साथै, जीवन्त र समृद्ध सहरको अवधारणालाई साकार पार्न ‘साझा यातायात’मार्फत रात्रिकालिन यातायात सेवालाई क्रमशः विस्तार गर्ने घोषणा गरिएको छ ।
वर्षौँदेखि सञ्चालित नयाँ बजार र चःमति जग्गा एकीकरण आयोजनालाई हस्तान्तरण गर्ने कानुनी प्रबन्ध मिलाइने र मनोहरा जग्गा एकीकरण आयोजनालाई आगामी आर्थिक वर्षभित्रै सम्पन्न गर्ने गरी बजेट विनियोजन गरिने भएको छ ।
आइतबार सार्वजनिक गरिएको नीति तथा कार्यक्रममा महानगरले सांस्कृतिक तथा ऐतिहासिक क्षेत्रको व्यवस्थापन र उपयोगका लागि सुन्धारा धरहरा क्षेत्रको सञ्चालन, भृकुटीमण्डपमा अत्याधुनिक सम्मेलन केन्द्र स्थापना र काठमाडौँ प्लाजा भवनलाई दीर्घकालीन रूपमा महानगरको प्रयोगमा ल्याउन नेपाल सरकारसँग माग गर्दै प्राप्तिका लागि पहल गर्ने बताएको छ ।
सामाजिक क्षेत्रतर्फ नदी किनार तथा सार्वजनिक स्थानका जोखिमपूर्ण बस्तीबाट उद्धार गरिएका व्यक्तिहरूको व्यवस्थापनका लागि सङ्घीय सरकारसँग समन्वय गरी कार्ययोजना कार्यान्वयनमा ल्याइनेछ।
सहरी गरिब, विस्थापित र साहाराविहीन परिवारका लागि संघ तथा प्रदेश सरकारको सहकार्यमा उपयुक्त स्थान पहिचान गरी ‘सामूहिक आवास’ को प्रबन्ध मिलाइने नीति तथा कार्यक्रममा उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नवीकरणीय ऊर्जा र ऊर्जा दक्षता कार्यक्रम सरकारको प्राथमिकतामा
-
इरान–अमेरिकाबिचकाे युद्ध अन्त्य गर्ने प्रयास तीव्र, कतारकाे उच्चस्तरीय टाेली तेहरानमा
-
राजमार्ग भत्किएका छन्, बजेट छैन : सडक सञ्जालबाट अलग्गिने जोखिममा इलाम
-
गोल्याण ग्रुपको रक्तदानमा सांसद रञ्जु दर्शनाले भनिन्– व्यवसायलाई समाजसँग जोड्नु प्रशंसनीय
-
निर्माण व्यवसायी र सरकारबिच टकराब : निर्माण रोकिएका ठेक्का तोड्न सचिवको निर्देशन
-
राष्ट्र बैंककाे अध्ययन : औद्योगिक क्षेत्रमा दक्ष जनशक्तिको अभाव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण