काठमाडौँका सबै भवन ५ वर्षभित्र विपद् उत्थानशील बनाइने
सारांश
- काठमाडौँ महानगरपालिकाले आगामी पाँच वर्षभित्र महानगर क्षेत्रभित्रका सम्पूर्ण भवनहरूलाई विपद् उत्थानशील बनाउने अभियान सुरु गर्ने भएको छ।
- आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै महानगरले यसै वर्षदेखि समुदायको सहभागितामा भवनहरूको जोखिम सर्वेक्षण, प्रबलीकरण तथा मर्मत सम्भारको कार्य थालनी गर्ने जनाएको छ।
- सहरी क्षेत्रमा हुनसक्ने ठुला विपद् र त्यसबाट हुने आर्थिक क्षति न्यूनीकरणका लागि महानगरले नयाँ योजना ल्याएको छ।
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आगामी पाँच वर्षभित्र महानगर क्षेत्रभित्रका सम्पूर्ण भवनहरूलाई विपद् उत्थानशील बनाउने अभियान सुरु गर्ने भएको छ । आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै महानगरले यसै वर्षदेखि समुदायको सहभागितामा भवनहरूको जोखिम सर्वेक्षण, प्रबलीकरण तथा मर्मत सम्भारको कार्य थालनी गर्ने जनाएको हो ।
सहरी क्षेत्रमा हुनसक्ने ठुला विपद् र त्यसबाट हुने आर्थिक क्षति न्यूनीकरणका लागि महानगरले नयाँ योजना ल्याएको छ । महानगर क्षेत्रभित्र निर्माण हुने र निर्माण भइसकेका सार्वजनिक तथा निजी सबै किसिमका भवन र भौतिक संरचनाहरूको जोखिम हस्तान्तरण तथा आर्थिक सुरक्षाका लागि सहुलियतपूर्ण दरमा बीमा गर्ने प्रबन्ध मिलाइने नीति तथा कार्यक्रममा उल्लेख छ ।
यसका साथै, वातावरणीय दिगोपन र स्रोत संरक्षणका लागि भवन निर्माण गर्दा ऊर्जा दक्ष प्रविधि र जमिनमुनि पानी पुनर्भरण गर्ने प्रणालीलाई अनिवार्य रूपमा समाहित गर्ने नीति महानगरले अवलम्बन गर्ने भएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ओलीले शपथ लिँदा ‘त्यो पर्दैन’ भनेर पन्छाएको विषयमा परेको रिट खारेज
-
विजय गच्छदारले भने, ‘सिध्याइदिने अरे...’
-
यामाबुद्ध स्केट पार्कमा नवौँ राष्ट्रिय स्केटबोर्ड च्याम्पियनसिप
-
उजुरीकै भरमा हतकडी लगाएर हिरासतमा राख्नु कति जायज हो ?
-
बागमती प्रदेशसभा : पुरातात्त्विक सामग्रीको खोजी गर्न माग
-
‘मिस्टर महानगर’ को उपाधि सगेन्द्रलाई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण