२–२ गोलको बराबरीमा रोकिए इरान र न्युजिल्यान्ड
काठमाडौँ । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘जी’ को खेलमा इरान र न्युजिल्यान्डबिचको प्रतिस्पर्धा २–२ गोलको बराबरीमा टुङ्गिएको छ ।
लस एन्जलस स्टेडियममा भएको खेलमा न्युजिल्यान्डले सातौँ मिनेटमै एलिजाह जस्टको गोलमार्फत अग्रता बनाएको थियो। क्रिस वुडको पासमा जस्टले गोल गर्दै आफ्नो टोलीलाई सुरुआती बढत दिलाएका थिए।
इरानले खेलको ३२औँ मिनेटमा रामिन रेजाइयानको शानदार फ्लिक गोलमार्फत खेललाई १–१ को बराबरीमा ल्यायो। पहिलो हाफ यही नतिजामा सकिएको थियो।
दोस्रो हाफको सुरुआतमै न्युजिल्यान्डले फेरि अग्रता बनायो। ५४औँ मिनेटमा क्रिस वुडकै अर्को असिस्टमा एलिजाह जस्टले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई २–१ ले अघि बढाए।
तर इरानले पुनः उत्कृष्ट पुनरागमन गर्यो। ६४औँ मिनेटमा मोहम्मद मोहेब्बीले रामिन रेजाइयानको पासलाई सदुपयोग गर्दै गोल गरेपछि खेल २–२ को बराबरीमा पुग्यो।
त्यसपछि दुवै टोलीले निर्णायक गोलका लागि प्रयास गरे पनि दुबै टोली सफल भएनन् । अनि खेल बराबरीमा टुङ्गिन पुग्यो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वाधार विकास समितिमा मन्त्री गएनन्, बैठक निष्कर्षविहीन
-
सर्लाहीको कबिलासीमा विकास योजनामाथि प्रश्न : स्टिमेट एकातिर, कार्यान्वयन अर्कैतिर
-
होल्डिङ सेन्टरका सुकुमबासी भोकभोकै, कैदीजस्तै थुनिएको गुनासो (भिडियोसहित)
-
मध्यपश्चिम विश्वविद्यालयको दीक्षान्तमा एक हजार ९२८ जना विद्यार्थी दीक्षित हुँदै
-
ट्राफिक प्रहरी कारबाहीः २१ लाख ८६ हजार राजस्व दाखिला
-
नक्कली भुटानी शरणार्थी प्रकरणकाे सुनुवाइ जारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण