बेइजिङमा परराष्ट्रमन्त्री खनाल र चिनियाँ नेता वाङ बिच भेटवार्ता
सारांश
- चीन भ्रमणमा रहेका परराष्ट्रमन्त्री शिशिर खनाल र चिनियाँ नेता वाङ हुनिङ बिच मंगलबार बिहान भेटवार्ता भएको छ ।
- भेटमा नेपाल-चीन सम्बन्धका विभिन्न पक्ष, विकास सहकार्य, व्यापार, लगानी, पर्यटन, राजनीतिक आदानप्रदान तथा नागरिक सम्बन्ध सुदृढ बनाउने विषयमा छलफल भएको थियो ।
- परराष्ट्रमन्त्री खनालले नेपाल-चीनको दीर्घकालीन मित्रतालाई अझ गहिरो बनाउने विषयमा चिनियाँ पक्षको दृढ प्रतिबद्धताको प्रशंसा गरेका छन् ।
काठमाडौँ । चीन भ्रमणमा रहेका नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल र नेसनल कमिटी अफ द पिपल्स पोलिटिकल कन्सल्टेटिभ कन्फरेन्स (सीपीपीसीसी) को राष्ट्रिय समितिका अध्यक्ष वाङ हुनिङ बिच मंगलबार बिहान भेटवार्ता भएको छ ।
भेटका क्रममा नेपाल–चीन सम्बन्धका विभिन्न पक्षबारे विस्तृत छलफल भएको परराष्ट्रमन्त्री खनालले जानकारी दिएका छन् ।
छलफलमा विकास सहकार्य, व्यापार, लगानी, पर्यटन, राजनीतिक आदानप्रदान तथा दुई देशका नागरिकबीचको सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा विचार विमर्श भएको थियो । परराष्ट्रमन्त्री खनालले नेपाल र चीनबिचको दीर्घकालीन मित्रतालाई अझ गहिरो बनाउने विषयमा चिनियाँ पक्षको दृढ प्रतिबद्धताको प्रशंसा गरेका छन् । उनले दुई देशबिचको आपसी सहयोग र साझेदारीलाई थप विस्तार गर्दै लैजान दुवै पक्ष सकारात्मक रहेको बताएका छन् ।

जेठ १ गते चीन भ्रमणमा निस्केका मन्त्री खनाल हिजो चिनियाँ विदेश मन्त्री वाङ यीसँग दुई पक्षीय वार्ता गरेका थिए । मन्त्री खनाल भोलि नेपाल फर्किने छन् ।
चीनको राजधानी बेइजिङमा भएको उक्त भेटलाई नेपाल–चीन सम्बन्धलाई थप मजबुत बनाउने दिशामा महत्त्वपूर्ण कूटनीतिक संवादका रूपमा हेरिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संसद्प्रति प्रधानमन्त्री र मन्त्रीकै बेवास्ता, लगातार बैठक स्थगित
-
परीक्षामा विद्यार्थी अनुत्तीर्ण हुँदा व्यक्ति असफल हुन्छ कि प्रणाली ?
-
जिल्ला र प्रदेशको चुनावी नतिजाको 'साइड इफेक्ट' रास्वपाको महाधिवेशनमा देखिएला ?
-
सेयर बजार ६.३१ अङ्कले घट्यो, चार अर्बको कारोबार
-
कस्ताे छ सात वटै प्रदेशले ल्याएकाे बजेट ? सुशासन र कृषि प्राथमिकतामा
-
३८ वर्षको उमेरमा पनि सबैको नजर लियोनेल मेस्सीमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण