अमेरिका–इरानबिचको प्रारम्भिक १४ बुँदे सम्झौता पढ्नुहोस्
सारांश
- अमेरिका र इरानबीच युद्धविरामसहित १४ बुँदे प्रारम्भिक समझदारीपत्रको मस्यौदा सीएनएनले प्राप्त गरेको छ ।
- सम्झौतामा तत्काल युद्ध अन्त्य, एकअर्काको सार्वभौमिकताको सम्मान, र ६० दिनभित्र अन्तिम सम्झौतामा पुग्ने प्रतिबद्धता उल्लेख छ ।
- यसका साथै अमेरिकाले नाकाबन्दी हटाउने, इरानको आर्थिक विकासमा सहयोग गर्ने र प्रतिबन्ध फुकुवा गर्ने उल्लेख छ ।
काठमाडौँ । इरान र अमेरिकाबिच भएको प्रारम्भिक सम्झौताका १४–बुँदे समझदारीपत्र (एमओयू) अहिलेसम्म आधिकारिक रूपमा सार्वजनिक गरिएको छैन, तर यसको एक प्रति सीएनएनले एक अमेरिकी अधिकारीबाट प्राप्त गरेको छ ।
सिएनएनले प्राप्त गरेको अमेरिका इरान युद्धविरामको प्रारम्भिक मस्यौदा (चौध बुँदे रुपखेखा)को पूर्ण पाठ यस प्रकार छः
१, इस्लामिक गणतन्त्र इरान र संयुक्त राज्य अमेरिका तथा वर्तमान युद्धमा सहभागी उनीहरूका सहयोगीहरूले यस समझदारीपत्रमा हस्ताक्षर भएलगत्तै लेबनानसहित सबै मोर्चामा युद्धको तत्काल र स्थायी अन्त्य घोषणा गर्छन् । साथै, अबउप्रान्त एकअर्काविरुद्ध कुनै शत्रुतापूर्ण कार्य नगर्ने तथा बल प्रयोग वा बल प्रयोगको धम्कीबाट टाढा रहने प्रतिबद्धता जनाउँछन् । अन्तिम सम्झौताले यस धाराका साथै बाँकी धाराहरूका प्रावधानलाई पुष्टि गर्नेछ ।
२, इस्लामिक गणतन्त्र इरान र संयुक्त राज्य अमेरिकाले एकअर्काको सार्वभौमिकता तथा भौगोलिक अखण्डताको सम्मान गर्ने र एकअर्काका आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने प्रतिबद्धता जनाउँछन् ।
३, इस्लामिक गणतन्त्र इरान र संयुक्त राज्य अमेरिकाले अधिकतम ६० दिनभित्र, आपसी सहमतिमा समय थप गर्न सकिने गरी, वार्ता सम्पन्न गरेर अन्तिम सम्झौतामा पुग्ने प्रतिबद्धता जनाउँछन् ।
४, यस समझदारीपत्रमा हस्ताक्षर हुनासाथ संयुक्त राज्य अमेरिकाले नौसैनिक नाकाबन्दी हटाउने, इरानविरुद्ध हुने कुनै अवरोध वा हस्तक्षेप रोक्ने तथा अधिकतम ३० दिनभित्र समुद्री यातायातलाई पूर्ण क्षमतामा पुनःस्थापित गर्नेछ । जहाजहरूको आवतजावत युद्धपूर्व अवस्थासँग अनुपातिक हुनेछ । अन्तिम सम्झौतापछि ३० दिनभित्र अमेरिकाले वरपरका क्षेत्रबाट आफ्ना सैन्य बल फिर्ता लैजाने प्रतिबद्धता पनि जनाउँछ ।
५, यस समझदारीपत्रमा हस्ताक्षर भएपछि इस्लामिक गणतन्त्र इरानले फारसी खाडीबाट ओमान सागरतर्फ तथा ओमान सागरबाट फारसी खाडीतर्फ हुने व्यापारी जहाजहरूको आवतजावतलाई ३० दिनभित्र युद्धपूर्व स्तरमा पुनःस्थापित गर्न तत्काल कदम चाल्नेछ । यस क्रममा प्राविधिक अवरोध हटाउने तथा बारुदी सुरुङ निष्क्रिय पार्ने आवश्यकतालाई ध्यानमा राखिनेछ ।
६, संयुक्त राज्य अमेरिकाले आफ्ना क्षेत्रीय साझेदारहरूसँग मिलेर इस्लामिक गणतन्त्र इरानको पुनःस्थापना तथा आर्थिक विकासका लागि दुवै पक्षले सहमति जनाएको व्यापक योजना तयार गर्ने प्रतिबद्धता जनाउँछ, जसका लागि कम्तीमा ३०० अर्ब डलरको वित्तीय व्यवस्था सुनिश्चित गरिनेछ । अन्तिम सम्झौताअन्तर्गत यस योजनाको कार्यान्वयन संयन्त्र ६० दिनभित्र तयार गरिनेछ ।
७, संयुक्त राज्य अमेरिकाले अन्तिम सम्झौताअन्तर्गत तय हुने तालिकाअनुसार इस्लामिक गणतन्त्र इरानमाथि हाल लागू रहेका सबै प्रकारका प्रतिबन्ध अन्त्य गर्ने प्रतिबद्धता जनाउँछ । यसमा संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्का प्रस्तावहरू, अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (आईएईए) को गभर्नर बोर्डका निर्णयहरू तथा प्राथमिक र द्वितीयक सबै एकपक्षीय अमेरिकी प्रतिबन्धहरू समावेश हुनेछन् ।
८, इस्लामिक गणतन्त्र इरानले आफूले कहिल्यै पनि आणविक हतियार उत्पादन नगर्ने प्रतिबद्धता पुनः दोहो¥याउँछ । इरान र संयुक्त राज्य अमेरिकाले समृद्ध पारिएको आणविक सामग्रीको भविष्य तथा इरानका आणविक आवश्यकतासहित पारस्परिक रूपमा सहमत भएका अन्य सबै आणविक विषयहरू अन्तिम सम्झौतामा पर्याप्त रूपमा सम्बोधन गरिने सहमति गरेका छन् । अन्तिम सम्झौताले यस धाराका प्रावधानहरूलाई पुष्टि गर्नेछ ।
९, इस्लामिक गणतन्त्र इरान र संयुक्त राज्य अमेरिका अन्तिम सम्झौता नहुँदासम्म यथास्थिति कायम राख्न सहमत छन् । इरानले आफ्नो आणविक कार्यक्रम यथावत् राख्नेछ भने अमेरिकाले इरानमाथि नयाँ प्रतिबन्ध लगाउने वा क्षेत्रमा आफ्नो सैन्य उपस्थिति बढाउने छैन ।
१०, संयुक्त राज्य अमेरिकाले यस समझदारीपत्रमा हस्ताक्षर भएपछि र प्रतिबन्ध हटाइने मितिसम्म इरानी कच्चा तेल, पेट्रोकेमिकल उत्पादन तथा तिनका सहउत्पादनहरूको निर्यातका लागि छुट दिने प्रतिबद्धता जनाउँछ । यसमा बैंकिङ, बीमा, ढुवानी तथा सम्बन्धित अन्य सेवाहरू पनि समावेश हुनेछन् ।
११, संयुक्त राज्य अमेरिकाले अन्तिम सम्झौताका लागि भइरहेको वार्ताको प्रगतिलाई ध्यानमा राख्दै इस्लामिक गणतन्त्र इरानका रोक्का गरिएका वा सीमित गरिएका कोष तथा सम्पत्तिहरू मुक्त गरी पूर्ण रूपमा उपलब्ध गराउने प्रतिबद्धता जनाउँछ । मुख्य खातामा रहेका वा स्थानान्तरण गरिएका यी रकमहरू इरानको केन्द्रीय बैंकले निर्धारण गर्ने अन्तिम लाभग्राही भुक्तानीका लागि प्रयोग गर्न सकिनेछन् र पूर्ण रूपमा उपलब्ध रहनेछन् । यसका लागि आवश्यक सबै अनुमति तथा इजाजतपत्र जारी गर्ने प्रतिबद्धता पनि अमेरिकाले जनाउँछ ।
१२, इस्लामिक गणतन्त्र इरान र संयुक्त राज्य अमेरिका अन्तिम सम्झौताको सफल कार्यान्वयन तथा भविष्यमा त्यसको पालना सुनिश्चित गर्न एक कार्यान्वयन संयन्त्र स्थापना गर्न सहमत छन् ।
१३, यस समझदारीपत्रमा हस्ताक्षर भएपछि तथा यसका धारा ४, ५, १० र ११ को कार्यान्वयन सुरु भएको सुनिश्चितता प्राप्त भएपछि, र ती कदमहरूको निरन्तर कार्यान्वयन भइरहँदा, इस्लामिक गणतन्त्र इरान र संयुक्त राज्य अमेरिका बाँकी धाराहरूसम्बन्धी अन्तिम सम्झौताका लागि वार्तामा प्रवेश गर्नेछन् ।
१४, अन्तिम सम्झौता संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्को बाध्यकारी प्रस्तावमार्फत अनुमोदित गरिनेछ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘अख्तियारका पदाधिकारीलाई प्रधानमन्त्री कार्यालयमा थुनेर धम्क्याइयो’
-
‘इन्डियाज गट लेटिन्ट’ फेम अपूर्वा फेरि विवादमा
-
इरान र अमेरिकाबिच भएको सम्झौताको मस्यौदालाई लिएर रिपब्लिकन पार्टीमा चर्को विरोध
-
प्रतिनिधिसभामा विपक्षी दलका सांसदहरूले गरे उठेर विरोध
-
आज कति छ सुनचाँदीको मूल्य ?
-
अनुभव र नेतृत्वको सङ्गम ग्रानिट जाका
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण