फिफा विश्वकप २०२६
स्विट्जरल्याण्ड र बोस्नियाबिच कडा प्रतिस्पर्धा, पहिलो हाफमा भएन गोल
शुक्रबार, ०५ असार २०८३, ०१ : ४०
सारांश
- फिफा विश्वकप २०२६ अन्तर्गत समूह 'बी' को खेलमा स्विट्जरल्याण्ड र बोस्निया एण्ड हर्जगोभिनाबीचको पहिलो हाफको खेल गोलरहित बराबरीमा सकिएको छ।
- लस एन्जलस स्टेडियममा जारी खेलमा दुवै टोलीले गोल गर्ने प्रयास गरे पनि पहिलो हाफसम्म अग्रता लिन सकेका छैनन्।
- नेपाली समय अनुसार शुक्रबार बिहान सुरु भएको यस खेलको पहिलो हाफ ०-० को स्थितिमा टुंगिएको छ।
काठमाडौँ । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘बी’ को रोमाञ्चक खेलमा स्विट्जरल्याण्ड र बोस्निया एण्ड हर्जगोभिनाबिचको पहिलो हाफको खेल समाप्त भएको छ । लस एन्जलस स्टेडियममा जारी यस खेलमा पहिलो हाफको समाप्तिसम्म दुवै टोलीले कुनै गोल गर्न सकेका छैनन् र खेल ०–० को स्थितिमा छ।
नेपाली समय अनुसार शुक्रबार बिहान १२ः४५ मा सुरु भएको यस खेलमा दुवै टोलीले अग्रता लिने प्रयास गरे पनि गोल गर्न भने सफल हुन सकेनन् ।
तालिकामा समान १–१ अंक रहेका कारण दुवै टोलीका लागि यो खेल अघिल्लो चरण प्रवेशका लागि निकै निर्णायक मानिएको छ । पहिलो हाफ गोलरहित बराबरीमा सकिएकाले अब दोस्रो हाफमा दुवै टोली स्पष्ट ३ अंकको खोजीमा मैदान उत्रिनेछन् । आजको खेलमा जित निकाल्ने टोलीको अर्को चरण पुग्ने सम्भावना बलियो हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतीय बजारमा नेपाली चियाको अवरोध : सङ्कटमात्रै होइन, रणनीति बदल्ने अवसर
-
अब ‘डिजिटल त्रिवि’ : विद्यार्थीले लाइन बस्न नपर्ने !
-
महान्यायाधिवक्ता कँडेलविरुद्धको रिटमा तोकियो पेसी
-
शुक्लाफाँटामा कृष्णसारको सङ्ख्या तीन सयभन्दा बढी, व्यवस्थापन चुनौतीपूर्ण
-
सामुदायिक विद्युतीकरण विस्तारमा समस्या
-
दादुराको उच्च जोखिम रहेका जिल्लामा खोप अभियान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण