अघिल्लो चरण प्रवेशका लागि स्विट्जरल्याण्ड र बोस्निया भिड्दै, दुवैलाई जितको खोजी
सारांश
- फिफा विश्वकप २०२६ को समूह 'बी' अन्तर्गत स्विट्जरल्याण्ड र बोस्निया एण्ड हर्जगोभिनाबीच नेपाली समय अनुसार शुक्रबार बिहान १२:४५ बजे लस एन्जलस स्टेडियममा खेल हुँदैछ ।
- दुवै टोलीले आफ्नो पहिलो खेलमा कतार र क्यानाडासँग १-१ गोलको बराबरी खेल्दै समान १ अंक जोडेका छन् ।
- नकआउट चरण प्रवेशको सम्भावना बलियो बनाउन दुवै टोली आजको खेलमा स्पष्ट ३ अंकको खोजीमा हुनेछन् ।
काठमाडौँ । फिफा विश्वकप २०२६ को समूह ‘बी’ अन्तर्गत अर्को महत्त्वपूर्ण प्रतिस्पर्धा हुँदै छ, जहाँ स्विट्जरल्याण्ड र बोस्निया एण्ड हर्जगोभिना आमने–सामने हुँदै छन् । लस एन्जलस स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार शुक्रबार बिहान १२ः४५ बजे सुरु भएकाे हाे ।
यसअघि भएको आफ्नो पहिलो खेलमा स्विट्जरल्याण्डले कतारसँग १–१ गोलको बराबरी खेल्दै अंक बाँडेको थियो । अंक तालिकामा स्विट्जरल्याण्डको १ अंक रहेको छ ।
त्यसैगरी, बोस्निया एण्ड हर्जगोभिनाले पनि आफ्नो पहिलो खेलमा क्यानाडासँग १–१ गोलकै बराबरी खेलेको थियो । उसको पनि तालिकामा १ अंक नै रहेको छ । पहिलो खेलमा बराबरीमा रोकिँदै अंक बाँडेका यी दुवै टोली आज मैदान उत्रिँदा स्पष्ट ३ अंकको खोजीमा हुनेछन् ।
दुवै टोलीसँग समान १–१ अंक रहेकाले आजको खेललाई नकआउट (अघिल्लो) चरण प्रवेशको निर्णायक खुड्किलोका रूपमा हेरिएको छ । आजको खेलमा जित निकाल्ने टोलीको अघिल्लो चरण पुग्ने सम्भावना निकै बलियो हुनेछ । बराबरी वा हारले भने दुवै टोलीको अर्को चरणको यात्रालाई चुनौतीपूर्ण बनाउन सक्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्विट्जरल्याण्ड र बोस्नियाबिच कडा प्रतिस्पर्धा, पहिलो हाफमा भएन गोल
-
नेपालगन्जबाट दुई चिकित्सकसहित पाँच पक्राउ
-
हलगोरु पाल्ने ३९ किसानलाई प्रोत्साहन रकम वितरण
-
खामेनीद्वारा सम्झौता स्वीकृतः ‘फरक मत भए पनि राष्ट्रपतिको आश्वासनपछि अनुमति दिएँ’
-
अघिल्लो चरण प्रवेशका लागि स्विट्जरल्याण्ड र बोस्निया भिड्दै, दुवैलाई जितको खोजी
-
१२ बजे १२ समाचार: प्रतिनिधि सभाबाट विनियोजन विधेयक पारित, फेरिँदै विद्यालय पाठ्यक्रम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण