विश्वकप २०२६: गोल्डेन बुटको दौडमा मेसी र डेभिड शीर्ष स्थानमा
सारांश
- विश्वकप २०२६ को गोल्डेन बुट दौडमा मेसी र जोनाथन डेभिड शीर्ष स्थानमा छन् ।
- जोनाथन डेभिडले कतार विरुद्ध ह्याट्रिक गरेपछि उनी शीर्ष स्थानमा पुगेका हुन् ।
- मेसीले यसअघि अल्जेरिया विरुद्ध ह्याट्रिक गरेका थिए ।
काठमाडौँ । फिफा विश्वकप २०२६ को सुरुवाती चरणमै सर्वाधिक गोलकर्ता (गोल्डेन बुट) को दौड निकै रोचक बनेको छ । अर्जेन्टिनाका कप्तान लियोनल मेसी र क्यानाडाका स्टार स्ट्राइकर जोनाथन डेभिड अहिले संयुक्त रूपमा गोल्डेन बुट तालिकाको शीर्ष स्थानमा रहेका छन् ।
शुक्रबार कतार विरुद्धको खेलमा क्यानाडाले ६–० को कीर्तिमानी जित निकाल्ने क्रममा जोनाथन डेभिडले सानदार ह्याट्रिक पूरा गरे । यो जारी विश्वकप २०२६ को दोस्रो ह्याट्रिक हो भने विश्वकप इतिहासमा ५६औं । कतारको रक्षापंक्तिलाई निरिह तुल्याउँदै डेभिडले गरेको यो प्रदर्शनले क्यानाडालाई विश्वकप इतिहासकै एक ठुलो जित दिलाउन सफल भएको छ ।
मेसीको ऐतिहासिक सुरुआत
यसअघि अर्जेन्टिनाका लियोनल मेसीले अल्जेरिया विरुद्धको खेलमा ऐतिहासिक ह्याट्रिक प्रहार गर्दै जारी प्रतियोगिताको पहिलो ह्याट्रिक गर्ने खेलाडीको कीर्तिमान बनाएका थिए । अहिले मेसी र डेभिड दुवै समान गोलका साथ सर्वाधिक गोलकर्ताको सूचीमा अग्रस्थानमा रहेका छन् ।
हालसम्म २–२ गोल गर्ने खेलाडीहरू
- जोहान मान्जाम्बी (स्विट्जरल्यान्ड) – २ गोल
- एर्लिङ हालान्ड (नर्वे) – २ गोल
- ह्यारी केन (इङ्ग्ल्यान्ड) – २ गोल
- काइल लारिन (क्यानडा) – २ गोल
- फ्लोरिन बालोगुन (अमेरिका) – २ गोल
- यासिन अयारी (स्विडेन) – २ गोल
- काइ हाभर्ट्ज (जर्मनी) – २ गोल
- इलाइजा जस्ट (न्युजिल्यान्ड) – २ गोल
- किलियन एम्बाप्पे (फ्रान्स) – २ गोल
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाली चियामा भारतीय अवरोध : गुणस्तरको समस्या कि व्यापारिक युद्ध ?
-
इरान वार्ताका लागि स्विट्जरल्यान्ड नजाने भए अमेरिकी उपराष्ट्रपति भान्स
-
अमेरिकाले सम्झौता उल्लङ्घन गरे प्रतिकार गर्ने इरानको चेतावनी
-
नाइजरको राजधानीमा विमानस्थलमा सशस्त्र हमला, ११ सैनिक र २ सर्वसाधारणको मृत्यु
-
प्रतिनिधिसभामा विपक्षी दलका सांसदहरूले गरे उठेर विरोध
-
नेपाली चियामा भारतीय अवरोध नीतिगतभन्दा पनि व्यावहारिक जटिलता बढी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण